-सम्वृद्व नेपाल युवाको निकाश , खेलकुद शारीरीक , मानसिक र स्वास्थको विकास भन्ने मुल नारा सहित असोज १८ गते देखि जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी द्वारा अायोजित जिल्ला स्तरीय प्रथम भलवाड कपको उपाधी मुहान F.C झुगा ले उचालेको छ ।
खेलको ७० र ८५ अौँ मिनेटमा गोल गर्दै खेल पुर्ण रुपमा २-० लेझुगाँले अाफ्नो पक्षमा लिएको थियो । भने न्यु युगमा युवा क्लव पडरियाका दजनौँ प्रहार झुगाँका गोल रक्षकले रोक्दा युगमा पुर्ण रुपमा खेलमा हार व्योर्हन पुगेको थियो । प्रथम हुँदै झुगाँले नगद ६१ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हात पार्यो भने दोस्रो हुँदै न्यु युगमाले नगद ३१ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र चित्त बुझाउनु पर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी लिङ्कनका सन्दिप गाहा , उत्कृष्ट गोल रक्षक मुहानका दिपक राना , उच्च गोलकर्ता मुहानका सन्जु सेनले प्राप्त गरे ।प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा संसाद अतहर कमालको प्रमुख अाथितियता , वाणगंगा नगरपालिका उपमेयर चक्रमणिअर्याल , वाणगंगा ९ का वडा अध्यक्ष धुव्र बेल्वासे , साना किसान कृषि सहकारी संस्था लिका प्रमुख तथा सहकारीका केन्द्रीय सदस्य कुमार मधु बेल्वासे , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेस्मी मगर लगायतको विशिष्ट अाथितियता , संस्थाका सल्लहार कमल पौडेल , विष्णु भुसाल , यादुराम भुसाल , पत्रकार वाबुराम रायमाझी , बुटवल टुटे सम्पादक नवीन घिमिरे , वैखरी राष्ट्रिय अनलाइन संवाद दाता नवराज बेल्वासे , लगायतको अाथितियता रहको थियो ।
कार्यक्रममा विशिष्ट अथिति उपमेयर चक्रमणी अर्याल र वडा अध्यक्ष धुव्र बेल्वासेले प्रतियोगिता अायोजना गर्न सहयोग गर्न सबैलाई स- धन्यवाद व्यक्त गर्दै खेलाडीको उज्वल भविष्यको कामना गर्नु भएको थियो भने अध्यक्ष दुर्गा थापाले खेलाडी , दर्शक र प्रतियोगिता अायोजना गर्न सबैलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा सहयोगि दाताहरुलाई सम्मान पत्र , मायाको चिनो वितरण गरिएको थियो भने प्रथम पुस्कार समाजसेवी कृष्ण कुवारँले सौजन्य गर्नु भएको थियो भने दोस्रो पुरस्कार साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडले सौजन्य गरेको थियो । कार्यक्रम क्लवका अध्यक्ष दुर्गा थापाको अध्यक्षता , सदस्य नेत्र खनालको स्वागत मन्तव्य तथा
सह – सचिव लेखनाथ पौडेल को सञ्चालनमा सम्पन्न भएको थियो । खेलको भिडियो युटुव च्यानल साझा पत्र T.V मा हेर्न सक्ने अायोजकले जनाएको छ ।