गृहपृष्ठ खबर कपिलवस्तुमा दुईजनाको जनाको मृत्यु

कपिलवस्तुमा दुईजनाको जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुमा जीपको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । विहान नेपाल बिद्धुत प्राधिकरणको जीपले ठक्करबाट दिदा एक शिवराज नगरपालिका ५, बाख्रा बजार बस्ने ५५ का गणेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बा १ अ १८६१ नम्बरको नेपाल बिद्धुत प्राधिकरणको गाडीले बहादुरगन्ज आँखा अस्पताल अगाडि भट्राईलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागी शिवराज अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक भट्राई बहादुरगंज अस्पतालमै काम गर्नुहुन्थ्यो ।  अस्पतालमा आउने क्रममा गाडीले ठक्कर दिएको हो । मृतक भट्टराईको शव पोष्ट्मार्टमका लागि शव शिवराज अस्पताल बहादुरगन्जमा राखिएको छ भने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसैबिच कृष्णनगर नगरपलिकामा एक बृद्ध मृत भेटिएका छन् । कृष्णनगर नगरपलिका वडा नं. २ बस पार्क स्थित सर्मिला होटल अगाडीको नालामा एक पुरुष ब्यक्ति मृत अबस्थामा रहेको प्रहरिले जनाएको छ । मृतक रुपन्देहि जिल्ला बुटवल उप महानगरपालिका १ वतन घर भएका बर्ष ७० का जित ब. सुनार रहेको बताईएको छ । उनको साथमा सानो झोला रहेको र थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरि कार्यालय कृष्णनगरलाई उद्धृत गर्दै कपिलवस्तु प्रहरिेले जनाएको छ ।

सम्बन्धित् समाचार