काठमाडौँ । सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको राजमुकुट अर्थात् श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् । पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणिमाणिक्य छन् । श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की चराको पुच्छर हो । दाहालका अनुसार बर्ड अफ प्याराडाइज नामक चरोको पुच्छरबाट कल्की बनाइएको हो ।यो चरा दुर्लभ र संरक्षित चरा हो ।
यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्षक बनाउने काम राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए त्यसक्रममा कल्की बाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो । श्रीपेचलाई शक्तिको प्रतिकको रुपमा लिइन्छ । हिजोकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
यो पनि पढ्नु होस्
यस कारण कैदीबन्दीहरुको सजाय मिनाह भएन यसपाली
असोज / नयाँ मुलुकी अपराध संहिताका कारण यो दशैमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका कैदीबन्दीको सजाय मिनाह रोकिएको छ । गणतन्त्र दिवस र वडा दशैंको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशत कैद जीवन भुक्तान गरेकालाई कैद मिनाह गर्दै आएको थियो । गृह मन्त्रालयले यसअघि असल चालचलन भएका जघन्य अपराधका मुद्दामा कैद सजाय भोगिरहेका बाहेकका कैदी बन्दीमध्ये ४० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन भएकाको नामावली माग्ने गरेको थियो ।
तर यसपालि गृहले नामावली नमागेको केद्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिरकारीले बताउनुभयो । नयाँ मुलुकी अपराध संहिताका कारण दशैंमा कैदी बन्दीले यो सुबिधा नपाएको गृहले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा भने सरकारले माओवादी नेता बालकृष्ण ढुंगेल सहितलाई रिहा गरेको थियो ।
गत भदौबाट लागू भएको नयाँ अपराध संहिताका कारण मुलुकी अपराध संहिता अनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराध अन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखन विरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धन बाहेकका अन्य अपराधका मुद्दामा कम्तिमा ७५ प्रतिशत कैद जीवन भुक्तान गरेको हुनुपर्ने उल्लेख छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।