गृहपृष्ठ अन्तरास्ट्रिय खबर जमिन र पानी दुवैमा चल्ने विश्वकै सबैभन्दा ठूलो विमान बनायो चीनले

जमिन र पानी दुवैमा चल्ने विश्वकै सबैभन्दा ठूलो विमान बनायो चीनले

प्रकाशित मिति:

काठमाडौं । चीनले बनाएको विश्वको सबैभन्दा ठुलो जमिन र पानी दुवैमा चल्ने विमानले आफ्नो पहिलो उडान भरेको छ । शनिबार चीनको उक्त विमानले आफ्नो पहिलो उडान भरेको हो ।

अहिले चीनले निर्माण गरेको यो विमानको क्षमता १२ घण्टाको रहेको छ ।

चीनको यो विमानको नाम एजी६०० दिइएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार शनिबार हुबेई प्रान्तको जिङमेनमा ल्याण्ड गराइएको थियो ।

यस महिनाको सुरुवातमा यो विमानको परीक्षण पानीमा पनि १४५ किलोमिटरको गतिमा गराइएको थियो ।

यो विमानको प्रयोग सामुद्रिक घटनाहरुको उद्धारका लागि प्रयोग गरिने बताइएको छ । यो विमानको पहिलो परीक्षण गत डिसेम्बर महिनामा गरिएको थियो ।

यो विमानको पहिलो परीक्षणयता आठवटा गरिएको थियो । पानीमा गरिएको परीक्षणको क्रममा यसको गति ८० तथा १२० किलोमिटर प्रतिघण्टाको रहेको थियो । एजेन्सी

यो पनि पढ्नुहोस्

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो, १४२ घाइते

काठमाडौं । भारतको पञ्जाबको अमृतसारमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । सो दुर्घटनामा परी  थप १४२ जना मानिसहरु घाइते भएका छन् । रावण दहन कार्यक्रम हेर्न पुगेका उनीहरु रेल दुर्घटनामा परेका हुन् । पटकाको ठुलो आवाजको कारण रेलको हर्नको आवाज नसुनिएको कारण यो दुर्घटना भएको बताइएको छ ।

कार्यक्रम हेरिरहेका मानिसहरु भएको स्थानमा दुई रेलहरु अगाडि पछाडिबाट एकै समयमा आएका थिए जसको कारण धेै मानिसहरुको ज्यान गएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा धेरै मानिसहरु उत्तरप्रदेश–विहारका मानिसहरु रहेको बताइएको छ । रावण दहन कार्यक्रमको लागि पर्याप्त स्थान नरहेको कारण मानिसहरु रेलमार्गमा बसेर कार्यक्रमको भिडियो बनाइरहेका थिए ।

प्रशासनको लापरबाही 

स्थानीय मानिसहरुले यो दुर्घटना हुनुमा प्रशासनको लापरबाही प्रमुख कारण रहेको बताएका छन् । प्रशासनले कार्यक्रमको लागि कुनै राम्रो व्यवस्था नगरेको आरोप लगाएका छन् । यहाँसम्म कि उनीहरुलाई कार्यक्रम भइरहेको समयमा रेल आएको सूचना दिने घण्टीको पनि व्यवस्था गरिएको थिएन । रेलमार्गभन्दा केवल २०० फिट पर रावणको पुत्ला जनाउने काम भइरहेको थियो । कार्यक्रम विना कुनै इजाजत भइरहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि पनि निकै ढिलो गरी पुगेको कारण कार्यक्रम ढिलो सुरु भएको थियो र अध्याँरोमा यो दुर्घटना भएको हो । यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा नवजित सिद्धुकी श्रीमती अवजोत कौरलाई बोलाइएको थियो ।

दुर्घटना भएपछि नवजोत कौरले रातभर अस्पतालमा बसेर घाइतेहरुको अवस्था निरीक्षण गरेकी थिइन् । स्थानीयले प्रशासनको लापरबाहीको कारण यो घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । भारतीय प्धानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सबै निजी र सरकारी अस्पताल खुला रहने 

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द सिंहले यो घटनामा दुःख व्यक्त गर्दै सबै निजी र सरकारी अस्पताललाई खुला राख्न निर्देशन दिएका छन् । साथै उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई ५/५ लाखको क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यो दुर्घटनामा घाइते भएका १४२ जनाको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

कमजोरी कसको ? 

यो दुर्घटनामा सबैभन्दा पहिलो कमजोरी आयोजकको देखिएको छ । आयोजकले कार्यक्रमको लागि कुनै लिखित अनुमति लिएका थिएनन् । त्यसका साथै प्रहरीको पनि यो घटनामा कमजोरी देखिएको छ । यो कार्यक्रमा चार हजारभन्दा बढी मानिसहरु आउने पक्का थियो तर प्रहरीले सुरक्षाको खासै तयारी गरेको थिएन । नवजोत कोर १ घण्टा ढिला गरी कार्यक्रममा पुगेकी थिइन् । यदि उनी समयमा नै कार्यक्रममा पुगेको खण्डमा कार्यक्रम छिटै सकिएर यो दुर्घटना टर्न सक्थ्यो ।

रेल प्रशासनलाई पनि रेलमार्गको किनारामा यो कार्यक्रम हुन्छ भन्ने जानकारी थियो । यसका बाबजुद पनिकुनै सूचना जारी गरिएन, जसको कारण रेल निकै तफ्तारमा चलाइयो । जसको कारण ब्रेक लगाउने समयमा पनि भएन र निरीक्षक पनि सतर्क थिएनन् । त्यसका साथै यसमा सरकारको पनि ठुलो कमजोरी रहेको बताइएको छ । वर्षेनी हुने यस किसिमको कार्यक्रमको कुनै विवरण तयार नगरिएको र यसको लागि कुनै छुट्टै मैदानको व्यवस्था नगरिएको कारण यो दुर्घटना भएको हो ।  एजेन्सी

 

सम्बन्धित् समाचार