अर्घाखाँची क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वा्चित जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारीलाई इमानदारी पुर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । सितगंगा नगरपालीका द्धारा ठाडा दहमा आयोजित २०७५ सालको बडादशै तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा संबोधन गर्दै नेता घिमिरेले पछिल्लो समयमा २, ४ हजारको लालचमा फसेर जनप्रतिनीधि र कर्मचारीले जनता प्रतिको विश्वास घटाउदै गएको भन्दै अवको करिव ४ बर्ष जनप्रतिनिधीले र कर्मचारीले इमानदारी पुर्वक तुत्छ स्वार्थमा नलागी जनताको सेवक भएर काम गर्न सुझाव दिए ।
नेता घिमिरेले सितगंगा भित्रका राजनिती बिच तिब्र मतभेद देखिएको औँल्याउँदै एउटा पार्टी भित्र दुई ओटा पार्टी बनेपछि यसले समग्र सितगंगाको बिकाशमा ठेस पुग्ने जिकिर समेत गरे