गृहपृष्ठ खेलकुद वाणगंगामा प्रदेश स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा कपिलवस्तु ट्रेनिङ विजयी

वाणगंगामा प्रदेश स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा कपिलवस्तु ट्रेनिङ विजयी

प्रकाशित मिति:

सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता विहिवारबाट सुरु भएको छ । कपिलवस्तुको वाणगंगा नगररपालिका ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा उक्त प्रतियोगिता सुरु गरिएको खेल संयोजक माधव पौडेलले जानकारि दिए । प्रदेश नं. ५ का भौतिक तथा योजना मन्त्रि वैजनाथ चौधरिले ब्याटिङ र जिल्ला खेलकुद विकास समिति अध्यक्ष छवि रेश्मी मगरले बलिङ गरि खेलको उद्घाटन गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश ५ का भौतिक तथा योजना मन्त्रि चौधरिले प्रदेशलाई खेलको माध्यमबाट अगाडि बढाउँन खोजिरहेको बताए । उनले पहिले भन्दा अहिलेको अवस्थामा राज्यले पनि खेलकुद क्षेत्रमा ध्यान दिएकाले प्रदेश सरकारले पनि प्रत्येक जिल्लामा कम्तिमा एउटा खेल मैदानको ब्यवस्था गर्ने प्रयास गरेको बताए । मन्त्रि चौधरिले रोजगार, पर्यटनमा पनि योजनावद्ध रुपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहको जिकिर गरे । देश आर्थिक तथा अन्य स्तरमा गरिवि देखिएपनि क्रिकेटमा भने धेरै विकसित भएको बताए । प्रतियोगिताको आयोजना गरि प्रदेशमै एक नमुना खालको काम गरेकाले आयोजक संस्थालाई प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए । साथै उनले सम्पुर्ण खेलाडिहरुलाई शुभकामना समेत ब्यक्त गरे ।

प्रदेश सांसद विष्णु पन्थिले प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पु¥याउनको लागि प्रतियोगिता आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरे । उद्घाटन समारोहको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष टेकराज भण्डारिले प्रतियोगितालाई सफल पार्नका लागि सहयोगको आवश्यकता रहेको बताउँदै कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खेल संयोजक माधव पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगर, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल लगायतले आ–आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष टेकराज भण्डारि बाबुरामको अध्यक्षता, नगर प्रवक्ता विष्णु पौडेल, वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालल, ७ का वडाअध्यक्ष विष्णु गिरि, मिडिया संयोजक हरि घिमिरे लागायतको आतिथ्यता रहेको थियो ।

आज भएको उद्घाटन खेलमा कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवाले जितगढि क्रिकेट क्लव वुटवललाई १२७ रनले पराजित गरको छ । कपिलवस्तु ट्रेनिङ सेन्टर २२६ रनको लक्ष्य प्रस्तुत गरेकोमा जितगढि क्रिकेट क्लव १४.५ ओभरमा ९९ रनमै सिमित भयो । कपिलवस्तु ट्रेनिङका खेलाडि विशाल गौड म्यान अफ द म्याच घोषित भएका छन् । उनले ६४ रन प्राप्त गरे । खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् । भोलि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे राजपुर क्रिकेट क्लव र नव प्रभात क्रिकेट क्लव ठाकुरापुर बिच हुनेछ भने दास्रो खेल दिउँसो १ बजे ज्ञानोदय क्रिकेट क्लव र गोरुसिङ्गे क्रिकेट क्लवबिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार