दशैँको समयमा प्रदेश ५ मा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्मको अवधिमा प्रदेश ५ का १२ जिल्लाका विभिन्न स्थानमा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको हो । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न ५५ स्थानमा गाडी दुर्घटना भएका थिए भने ७३ वटा गाडी दुर्घटनामा परेका थिए ।
ती दुर्घटनामा परी ७८ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला कार्यक्षेत्र रहेको ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत वर्ष दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो ।