दाङमा चाडपर्वको मौका छोपी बजारमा फेरी पनि उपभोग्य सामाग्रीहरूको व्यवसायीहरूले मनोमानि रूपले मूल्य गरेको उपभोक्ताहरूले गुनासो गरेका छन । दीपावलीमा वढी मात्रामा खपत हुने तेल जन्य पदार्थदेखि, चिनी, मैदा गेडागुडी, पिय पदार्थ मदिरा लगायतमा पसल पिच्छे मनोमानी मूल्य गरेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरू परेको बताउँछ ।
दैनिक उपभोग्य सामग्रीहरूको मूल्यवृद्धी तथा पसल पिच्छे मूल्य फरक हुँदा समेत जिल्ला बजार अनुगमन समिति मौन देखिएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
बजारमा विक्रि वितरणका लागि राखिएका तेलहरू सुर्यमुखी तथा सोयाविन तेल प्रति लिटरमा पसल पिच्छे १० रूपैया फरक पर्ने गरेको लमही नगरपालिका १ सिमा केसीले वताइन । उनका अनुसार केही पसलहरूमा रु १ सय ३० रूपैया प्रतिलिटर भए पनि जोडियको अर्को पसलमा प्रति लिटर १ सय ४० रूपैया पर्ने गरेको वताइन । तेल मात्र होइन चिनीमा समेत फरक फरक मूल्य भएको वताइन ।
नेपाल सरकारले चिनीको मूल्य रु ७० कायम गर्ने भनिय पनि देउखुरीका पसलहरूमा ७५ देखिरु ८५ रूपैया प्रतिकिलोमा विक्रि वितरण हुदै आएको उपभोक्ता केसीले वताउछीन । संगै जोडिका पसलहरूमा यस्तै यस्तै विन्नता छ । नत पसलहरूमा मूल्य सुचि राखेका छन । हामी जस्तो सोझो उपभोक्ताले के गर्ने केसीले भनिन् । अन्य सयममा उपभोक्ता ठगियको चक्रो स्वरले वोल्ने उपभोक्ता हक हित संरक्षणमा काम गर्दै आएका गैर सहकारी संघ÷संस्थाहरू समेत उदासिनता देखिएको उनले वताइन । अनुगनम कहाँ हुन्छ वजारको चोकमा एक दुइवटा मात्र पसल मात्र हुन्छ अनि कारवाही हुदैन । एकातिर मूल्यमा एकरूपता छैन अर्कोतिर म्याद गरेका सामग्रीहरू समेत पसलहरूमा राखेको देखिन्छ ।
गृहपृष्ठ प्रदेश नं ५ दाङमा बजार अनुगमन नहुँदा मनोमानी मूल्य
दाङमा बजार अनुगमन नहुँदा मनोमानी मूल्य
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगामा एकैदिन २ अटो रिक्साका ब्याट्री चोरी
५ घण्टा अघि
बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
१२ घण्टा अघि