गृहपृष्ठ खबर मेलम्चीको पानी काठमाडौं आउन अझै कम्तीमा दुई महिना लाग्ने

मेलम्चीको पानी काठमाडौं आउन अझै कम्तीमा दुई महिना लाग्ने

प्रकाशित मिति:

खानेपानीमन्त्री बीना मगरले २०७५ सालको दसैंअघि नै मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरिने बताएपनि मेलम्चीको पानी काठमाडौं आइपुग्न अझै केही समय लाग्ने देखिएको छ ।

अहिलेकै रफ्तारमा काम अघि बढेको खन्डमा पनि दुई महिनायता मेलम्चीको पानी काठमाडौंवासीले प्रयोग गर्न नपाउने पक्का भएको छ ।

काठमाडौं उपत्यकावासीले वर्षाैंदेखि मेलम्चीको पानीको सपना देख्दै आएका छन् । मेलम्चीको पानी खाने सपना देख्दा–देख्दै कत्तिको इहलीला समाप्त भइसक्यो ।

त्यसमाथि मेलम्चीको पानी वितरणको मिति तोक्ने र सार्नेक्रम पनि केही वर्षयता जारी छ ।

जब मेलम्चीको पानी वितरणका लागि घरघरमा पाइप जडान गरियो, सर्वसाधारणमा फेरि मेलम्चीको पानी प्रयोग गर्न पाइन्छ भन्ने उत्साह जाग्यो ।

पछिल्लो समय खानेपानीमन्त्री बीना मगरले गत दसैंअघि नै घरघरमा मेलम्चीको पानी वितरण गर्ने बताइन् ।

दसैंको मिति पार भइसक्दासमेत सुरुङ ढलानको काम अभैm सकिएको छैन ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त पानी वितरण गर्न अझै कम्तीमा दुई महिना लाग्ने बताउँछन् ।

समितिकाअनुसार मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्मको कुल २६ किलोमिटर सुरुङमध्ये ६.५ किलोमिटर सुरुङको ‘फिनिसिङ’को काम बाँकी छ ।

दैनिक २५० मिटरको हाराहारीमा ढलान भइरहेको र काममा अवरोध नआए एक महिनाभित्र ढलानको काम सकिने समितिले जनाएको छ ।

त्यसपछि पनि अन्तिम चरणका कामहरु सक्न अर्को एक महिना लाग्नेछ ।

सम्बन्धित् समाचार