गृहपृष्ठ खबर वाणगंगाका शिक्षकद्धारा नगरपालिकामा धर्ना, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने माग

वाणगंगाका शिक्षकद्धारा नगरपालिकामा धर्ना, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने माग

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकाका शिक्षकहरले तलव वृद्धिको माग गर्दै नगरपालिकाको कार्यालयमा गई धर्ना दिएका छन् । शिक्षक महासंघका अध्यक्ष अर्जुन शाहि, नगर महासंघका अध्यक्ष लगायत नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थिले शिक्षक महासंघले देश ब्यापि रुपमा स्थानिय तहमा धर्ना गरेको बताएका छन् । २७ बुँदे माग सहित भर्ना गरिएको हो ।

शिक्षकहरुको हक अधिकारको पक्षमा स्थानिय तहले पर्याप्त ऐन नबनाएको शिक्षक मासंघले ऐननै नै नबनाएकाले विरोध गरिएको उनले बताए । स्थानिय तहसंगै प्रदेश र सिंह दरवार समेत घेराउँ गर्ने बताईएको छ । कार्यरत राहत शिक्षकहरुलाई दरबन्दिमा लैजानुपर्ने, कर्मचारिहरुलाई स्थायि बनाउँनुपर्ने, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने लगायतका २७ बुँदे माग सहित २ सय जनाको सहभागितामा ज्ञापन पत्र बुझाएको वाणगंगा नगरका नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार