गृहपृष्ठ खबर वाणगंगाका शिक्षकद्धारा नगरपालिकामा धर्ना, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने माग

वाणगंगाका शिक्षकद्धारा नगरपालिकामा धर्ना, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने माग

कपिलवस्तुको वाणगंगा नगरपालिकाका शिक्षकहरले तलव वृद्धिको माग गर्दै नगरपालिकाको कार्यालयमा गई धर्ना दिएका छन् । शिक्षक महासंघका अध्यक्ष अर्जुन शाहि, नगर महासंघका अध्यक्ष लगायत नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थिले शिक्षक महासंघले देश ब्यापि रुपमा स्थानिय तहमा धर्ना गरेको बताएका छन् । २७ बुँदे माग सहित भर्ना गरिएको हो ।

शिक्षकहरुको हक अधिकारको पक्षमा स्थानिय तहले पर्याप्त ऐन नबनाएको शिक्षक मासंघले ऐननै नै नबनाएकाले विरोध गरिएको उनले बताए । स्थानिय तहसंगै प्रदेश र सिंह दरवार समेत घेराउँ गर्ने बताईएको छ । कार्यरत राहत शिक्षकहरुलाई दरबन्दिमा लैजानुपर्ने, कर्मचारिहरुलाई स्थायि बनाउँनुपर्ने, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने लगायतका २७ बुँदे माग सहित २ सय जनाको सहभागितामा ज्ञापन पत्र बुझाएको वाणगंगा नगरका नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार