गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधनमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया

कपिलवस्तुको शुद्धोधनमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया

प्रकाशित मिति:

शुद्धोधन गाउापािलका गाउँकार्यपालिकाको अयोजना तथा नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुको सहजिकरणमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम लवनिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, वडासदस्यहरु, स्थानियहरु, सुरक्षा कर्मि र नेपाल विद्युत वितरण केन्द्रका प्रमुख सहित कर्मचारिहरुको संयुक्त रोहवरमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले गाउँपािलकका लागि पोल, तार, ट्रान्सफर्मर मिटरको माग गर्दै सेवा सुविधा छिटो छरितो दिनुपर्ने माग राखेका थिए । प्राधिकरणले यस्ता खालका सुविधा दिएका यस गाउँपालिका भित्र कुनै किसिमको विद्युत चुहावट हुन नदिने प्रतिवद्धता जाहेर गरे । साथै दलित गरिव र निमुखाहरुका लागि राजश्वको ब्यवस्था गाउँपालिकाले गरिदिने अध्यक्ष खाँले तबाए । आर्थिक बर्षका लागि विद्युत प्राधिकरण संग समन्वय गरेर गाउँपालिकाले बजेट विनियोजन गर्ने उनले बताए ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जय कुमार यादवले मिटर जडान प्रक्रियाको सम्पुर्ण कार्यक्रम गाउँपािलकामै गरिदिने बताए । कार्यक्रममा सहजिकरण गर्दै प्रमुख यादवले पोल, तार र ट्रान्सफर्मर प्राधिकरणको बजेटको परिधिमा रहि उपलब्ध गराउँने र लाईनको सुधार गरिदिने समेत बताएका छन् । यति गर्दा गर्दै पनि स्थानियहरुले अटेर गरि विद्युत चुहावट गरेको पाईएमा सुरुक्षा निकायलाई परिचालन गरि पक्राउ गरि नेपाल विद्युत प्राधिकरणका ऐन सम्बन्धि कारवािह गरि जेल चलान समेत गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपािलकाका उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोख्रेल, प्रहरि ईन्चार्ज पदम बहादुर रोकाया लगायतले मन्तब्य दिएको फिल्ड सुपरभाईजर कृष्ण पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार