गृहपृष्ठ खबर नवलपुरको देवचुलीमा बिहानै गैंडा आतंक,स्थानिय त्रसित

नवलपुरको देवचुलीमा बिहानै गैंडा आतंक,स्थानिय त्रसित

प्रकाशित मिति:

नवलपुरको देवचुलीमा बिहानै गैंडा आतंक,स्थानिय त्रसित –

कार्तिक-२४,आदर्श सुशील,देवचुली- देवचुलीको रजहरमा गैंडाको आक्रमणबाट ३ जना घाईते भएका छन् । एकाबिहानै मुण्डे क्षेत्रमा देखिएको गैंडा लक्ष्मीपुर हुँदै रजहर बजार क्षेत्रमा प्रवेश गरेको हो।बिहान करिब साढे दश बजे पछीको समयमा गैंडाले आक्रमण गर्दा देवचुली ७ बस्ने ५६ वर्षका गंङगा बाहादुर सोमै,१२ बजे देवचुली १६ रजहरमा ५५ वर्षका दल बहादुर परियार र देवचुली २ का १२ वर्षका कृष भण्डारीलाई आक्रमण गरेको प्रहरी कार्यलय रजहरले जानकारी दिएको छ ।

यसैगरी राजमार्गमा गुडिरहेको बा ७ च ५६ ५४ नम्बरको कारलाई पनि क्षति पुर्‍याएको छ । साथै गैंडाले गाईवस्तुलाई पनि आक्रमण गरेको छ। घाईतेहरुलाई प्राथामीक स्वास्थ चौकी दुम्कौली लगीएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको जनाईएको छ। बिहानै बस्ती पसेको गैंडा स्थानियको कोलाहलले हिंस्रक बनेको हो। गैंडा हाल निकुञ्ज क्षेत्रमा प्रवेश गरिसकेको छ।

 

सम्बन्धित् समाचार