बैतडी / बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।
आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।, आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
यो पनि –एनसेलका चार मुद्दा सर्वोच्चमा
काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलसँग जोठिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । केही सयमअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैंले रिट दायर गरेको छ भने अन्य राजस्वसम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा छन् ।
जसका कारणले सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।
यो पनि –भिसा नभएका विदेशीलाई टिकट दिनेविमान कम्पनीलाई कारबाही
काठमाडौं / अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् । विभागले जथाभावी टिकट दिने गरेका छन् ।
विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कारबाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ । भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी विभागले गरेको जनाएको छ । अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ ।, आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।
यो पनि –उच्च अदालतले उल्ट्यायो जिल्लाको आदेश, धरौटीमा छुटेका बलात्कार आरोपीलाई पक्रेर मुद्दा अघि बढाउन आदेश
काठमाडौं । जिल्ला अदालत दोलखाले बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनले थुनामा राखेर मुद्दा चलाउन आदेश गरेको छ ।
समाचारका अनुसार उच्च अदालतका न्यायाधीश राजकुमार बम र नातिबाबु लामिछानेको संयुक्त इजलासले १६ वर्षकी किशोरी बलात्कारको मुद्दामा धरौटीमा छुटेका इराज गिरीलाई पुनः थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।
दोलखाकी १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इराज गिरीलाई जिल्ला अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।