विराटनगर / अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ ।प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।
यो पनि पढ्नुहोस्-वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्धारा गौतमकाे नयाँ प्रस्ताव अस्वीकार
काठमाडौं। राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् ।रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् ।संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
यो पनि पढ्नुहोस्-मधुमेहले गुम्न सक्छ आँखाको ज्योती
काडठमाडौं। विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश बर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ ।मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ ।यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन् ।मंगलबार विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा तिलगंगा अस्पतालले मधुमेह रोगीलाई बेलैमा आफ्नो आँखाको परीक्षण गर्न सुझाएका छन् ।चिकित्सकका अनुसार मधुमेह बढेमा आँखाको दृष्टि पर्दाको नसामा असर गर्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
यो पनि पढ्नुहोस्-संसदमा उचाल्न नमिल्ने जोडिएका कुर्सी
काठमाडौं। संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ ।प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो ।अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुटटै उचाल्न नमिल्ने गरी जोड्दिै छ ।बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर ताडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ ।सचिवालयका अधिकारीले भने कुर्सीमा एकरुपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।