गृहपृष्ठ पत्रपत्रिका बाट दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

प्रकाशित मिति:

काठमाडौँ  । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

काठमाडौंमै नक्कली स्याम्पु र मसला, दुई सञ्चालक पक्राउ
काठमाडौं । बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् ।आजको नयाँ पत्रिकामा यो खबर छ । वासु र ज्योति श्रीमान् र श्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् । उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए ।ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु ,मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै
काठमाडौं। संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ राष्ट्रपतिको कार्यालयाट प्रमाणिकरणसमेत भइसकेको छ ।उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइँदै गरेको जानकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताउनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास
काठमाडौं / मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लागिरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् । भैंसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार