नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कायैशैलीले पार्टी कमजोर बनेको आरोप लगाएका छन् । देउवाले बहुमतको अस्त्र प्रयोग गरेर बिधान बिपरित काम गर्दा कांग्रेस कमजोर बन्दै गएको उनले बताए । बिधानले बिधानलाई लत्याउदै एक पछि अर्को मनपरीढगले निर्णय लिदा पार्टी अहिले झन समस्यामा फसेको बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा राखेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बिधान बिपरित काम गरिदा पार्टी अहिले गलत बाटोमा हिडेको आरोप लगाए । पार्टी कमजारे भएकोले नै अहिले कम्युनीष्टहरुलाई फाइदा पुगेको उनी बताउँछन । पार्टी बिधानमा उप सभापति एक जना हुने उल्लेख भए पनि बिजय गच्छदारलाई सहमितिको नाममा पार्टीमा छलफल नगरी उप सभापति बनाउनु गलत भएको उनले बताए । यस्तै नेबि संघमा समेत पार्टीले बढि हस्तक्षेप गरेको उनले बताए ।
पार्टी बिधान मस्र्याैदा समितिले गृह कार्य गरीरहेको र अब उप्रान्त सबै सदस्य एकै प्रकारको हुने प्रावधानले पार्टीमा तरंग पैदा भएको उनले बताए । आफु साधारण सदस्य र क्रियाशील सदस्यको पक्षमा रहेको भन्दै पुराना र नया सदस्य भए भने पुराना कार्यकर्ताहरु अवमुल्यन हुने उनको तर्क छ । जनतालाई देखाईएको संबृद्धिको सपना केवल नारामामै सीमिति बनेको उनले बताए । सिन्डीकेट अन्त्य गर्न नसक्नु, निर्माला हत्याकान्ड, लगायतका बिषयले सरकार आफै असफल बन्दै गएको उनले बताए । संघीयतालाई सपल बनाउन कानुनहरु निर्माण्ढा गनुृ पर्नेमा काम गर्ने ब्यवसायीलाई र जनप्रतिििनधिहरुलाई समते सरकारले निरुत्साहीत बनाएको उनले आरोप लगाए ।
कार्यक्रममा केन्द्रिय सदस्य रामकृष्ण यादवले मधेसको समस्या समाधान गर्ने र सविधान संसोधनको नाममा मधेसवादी दल सरकारमा गएर संविधानको पनि स उच्चारण नगरी मधेसी जनतालाई पटक पटक छल गरेको बताए । त्यस्तै अर्का सदस्य हृदयराम थानीले वर्तमान सरकारले निर्मला पन्तको घटनालाई वाहिल ल्यान नसक्नु र प्रधानमन्त्रीले १० वर्ष पनि अनुसन्धान हुन्छ भनी अभिव्याक्तिले सरकारको काम हत्या हिंसालाई दिएको वढवा पुष्टि भएको बताए ।
नेपाली कागे्रस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा काठमाण्डौ सभापति सुवोध वानिया, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय,प्रदेश सभा सदस्य दिना विक, पुर्व सचिव हुमकान्त खनाल लागयत वोलेका थिए । पार्टी सचिव प्रेम बहादुर रायमाझिको संचालन र सदस्य रवि काफ्लेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।