गृहपृष्ठ Featured १० औँ कपिलवस्तु महोत्सव नेकपाका अध्यक्ष प्रचण्डद्धारा उद्घाटन (फोटो फिचर)

१० औँ कपिलवस्तु महोत्सव नेकपाका अध्यक्ष प्रचण्डद्धारा उद्घाटन (फोटो फिचर)

प्रकाशित मिति:

वैखरी कपिलवस्तु -हरि आचार्य , मंसिर १८ नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको वलिदानी र हरेक दश दश वर्षका अथक त्यागबाट नेपालको विकासको गतिमा बाटो खुलेको बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित बुद्धरङ्गशालमा आज देखि सुरु भएको १० औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दैै पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पाटी ( नेकपा) अध्यक्ष समेत रहेका दाहालले प्रदेश ५ को पवित्र भुमीको रुपमा रहेको लुम्विनी सँगै कपिलवस्तुको तिलौराकोट र अनेकौँ सम्भावनाको क्षेत्रहरुको विकासमा नै कपिलवस्तुको विकास रहेको प्रस्ट पारे । उनले हरेका धर्म सम्प्रदायका मानिसहरुले पुग्ने र अध्ययन गर्ने स्थलको रुपमा रहेको लुम्बिनीको विकास सँगै ५ नम्बर प्रदेशको नाम लुम्विनी र स्थाई राजधानी कपिलवस्तुको तिलौराकोट बनाउनुपर्ने कपिलवस्तुका जनताको माग जाहेज रहेको हुँदा आफुले सरकार सँग र पार्टी भित्र पनि त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले अबको दश वर्ष नेपाल र नेपाली जनताको स्वर्णिम विकासको समय रहने दावी समेत गरेका थिए । कृषि र पर्यटनमा आधारित उद्योग ब्यापार, सवृद्ध र सुखी कपिलवस्तु निर्माणको आधार भन्ने मुल नाराका साथ सुरु भएको कपिलवस्तु महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले तराइका जिल्लाहरुको बृहत्तर योजनाको रुपमा रहेको हुलाकी राजमार्गको पूर्णताका लागि सरकार गम्भिर रहेको र त्यसको लागि कपिलवस्तुको तिलौराकोट हुदै बहादुरगञ्ज सम्म चार लेनको सडकको रुपममा विकास गरीने बताए । उनले छिमेकी जिल्ला रुपन्देहिको जनप्रतिनिधि भएको नाताले पनि कपिलवस्तुलाई विकासमा पछाडि नपार्ने प्रतिबद्धता ब्याक्त गरे । साथै उनले वर्तमान सरकार बलियो र सक्षम सरकार भएकाले जनताका सबै आवश्यकता र समस्याहरुको पहिचान गर्दै अगाडि जाने दावि समेत गरे ।

त्यस्तै कार्यक्रममा नेपाल सरकारका कृर्षि तथा पशुपक्षीं विकास मन्त्री चक्रपाणी खनाल बलदेवले ५ नम्बर प्रदेशको एक बृहत्तर पहिचान र अस्तित्व सहितको जिल्लाको रुपमा रहेको कपिलवस्तु जिल्लाको विकासका लागि सरकारले कृर्षिको माध्यमबाट विकासको खाका कोरेको बताए । जिल्लामा अहिले ७५ प्रतिशत नागरिकहरु कृर्षिमा निर्भर रहेको हुँदा नागरिकको जिवनस्तर उकास्नका लागि सरकार गम्भिर भएको भन्दै उनले जिल्लालाई विकासको उच्च तहमा पुर्याउनका लागि सरकारले कृषि सँगै विकासका अन्य क्षेत्रमा यसवर्ष विनियोजन गरेको योजनाहरुको बारेका प्रष्ट पारे ।

त्यस्तै १० औँ कपिलवस्तु महोत्सवमा संघिय सरकारका सासँद एवम नेपाली कागेंश नेता अत्तहर कमालले ५ नम्बर प्रदेशको स्थाई राजधानी तिलौराकोट र प्रदेशको नाम लुम्बिनी घोषणा गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् । यता यसवर्षको कपिलवस्तु महोत्सव नाफाको लागि भन्दा पनि कपिलवस्तु जिल्लाका कृषि, पर्यटन, औद्योगिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार, प्रवद्र्धनका लागि आयोजना गरिएको आयोजक समितले जनाएको छ । उदघाटन समारोहमा जनवादी गायक जिवन शार्मा सहित ५ नम्बर प्रदेश सासंद विष्णु पन्थी, अर्जून केसी, दिर्धनारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव, लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल कम्यिुनिष्ट पार्टी जिल्ला नेता झविलाल पोख्रेल, नेपाली काग्रेस जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य, लागएत वाणगंगा नगरपालिका सँगै जिल्लाका स्थानिय तहका निकायका प्रमुख तथा उप्रमुखहरु, जनप्रतिनिधि एवम् जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो

उद्घाटन समारोहमा कपिलवस्तु जिल्लाका १० वटै स्थानिय तहबाट सहभागि भएका हजारौ दर्शकहरुको सहभागिता रहेको थिायो । महोत्सव अब आगामी पौष १ गते सम्म संचालन हुने छ । उद्घाटनमा कपिलवस्तु जिल्लाका विभिन्न शैक्षिक संघ सस्थाका विद्यार्थी त्यस्तै विभिन्न पहिचान सहितका बाजा गाजा, झाकिँ, विभिन्न नारासहितका व्यानर तथा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेको मयुर नाँच सहित हजारौँ मानिसहरुको उपस्थितिमा जितपुरका विभिन्न स्थानमा भएका परिक्रमा र प्रभातफेरी पछि महोत्सव स्थल बुद्धरङ्गशालामा कार्यक्रको औपचारीक उद्घाटन समारोह सुरु भएको थियो । महोत्सवको उद्घाटन शत्र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, कपिलवस्तु जिल्लाका विभिन्न निकायका जनप्रतिनिधहरुको आतिथ्यता तथा उद्योग वाणिज्य संघ कपिलवस्तुका महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न भएको हो । महोत्सवमा आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क आर्कषण रहेका छन् । मंसिर १८ देखि पुस १ गते सम्म संचालन हुने महोत्सवमा ३ सय बढि स्टल रहेका छन् ।

 

 

 

सम्बन्धित् समाचार