गृहपृष्ठ पत्रपत्रिका बाट अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !

प्रकाशित मिति:

पोखरा ,२० मंसिर – सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै  सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन्

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

नयाँदिल्ली ,२० मंसिर — नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो ।नेपाली महिलाको अवस्था पनि अज्ञात छ ।आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए ।चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग

काठमाडौं,२० मंसिर –मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ ।

सम्बन्धित् समाचार