गृहपृष्ठ Featured आज १०औं कपिलवस्तु महोत्सव एवम कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को तेश्रो दिन !!

आज १०औं कपिलवस्तु महोत्सव एवम कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को तेश्रो दिन !!

प्रकाशित मिति:

आज १०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को तेस्रो दिन !!
महोत्सव को आकर्षण आठौँ कपिलवस्तु डान्सर आइडल मा छानिएका १७ प्रतिस्पर्धी मध्यबाट भोटिङ र जज को मूल्याङ्कन को आधार मा आज दुइजना प्रतिस्पर्धी ले स्टेज छोड्ने छन् !

नृत्य संयोजक वीरेन्द्र खाण तथा जजहरू नरेश वीर सिङ र शिशिर खाती द्वारा मूल्याङ्कन भइरहेको कपिलवस्तु आठौँ कपिलवस्तु डान्स आइडलको मुख्य प्रायोजन भने जगदम्बा मोटर्स प्रा लिई ले गरेको छ । द्वित्तिय तर्फ समाजसेवी श्री कृष्ण कुँवर – रु – १००००० (एक लाख रुपैयाँ ) त्रितिय पुरस्कार म म संसार बुटवल को तर्फ बाट रु ५०००० (पचास हजार रुपैयाँ ) र शान्तवना तर्फ ऐश्वर्या पौडेल द्वारा रु – २५००० ( पच्चिस हजार रहेको छ । पुरुष तर्फ विजेता हुनेलाई १५० CC को मोटरसाइकल उपहार स्वरूप रहेको छ भने महिला तर्फ १२५ CC को स्कुटर रहेको छ ।

विशेष आकर्षक उपहार राखिएको यो पालिको डान्स आइडल लाई उच्च प्राथमिकता मा राखिएको छ ।पछिल्ला वर्षहरूभन्दा यो वर्ष आर्थिक कारोबार को अनुमान पनि उच्च रहेको सचिवालयले जनाएको छ । हिजो जिल्ला भन्दा बाहिरबाट पनि प्रदर्शनी अबलोकनकर्ता हरूको उल्लेख्य उपस्थिति रहेको र आर्थिक कारोबार पनि अपेक्षा गरेजस्तै रहेको पनि सचिबालय ले  जानकारी गराएको छ । थुप्रै आकर्षक व्यापारिक स्टल हरू रहेको १०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी मा आकर्षण का मनोरन्जनात्मक पिङ जादु,रेस्टुरेन्ट खाजा घर ,फेन्सी पसल फोटो स्टुडियो निःशुल्क दन्त परीक्षण आँखा परीक्षण स्टल हरू पनि रहेका छन् ।

आज रास्ट्रियस्तर बाट लोक गायिका – सपना गाह मगर, कृष्ण रयाउले लगायत को प्रस्तुति रहनेछ भने पछिल्लो समय १०० भन्दा बढी क्यारिकेचर गर्न सक्ने जिरे खुर्सानी को सानो हजुर वा भद्रगोलको एदुमे को हास्य प्रस्तुति रहने छ सङ्गै नियमित आकर्षण कपिलवस्तु डान्स आइडल तथा स्थानीय कलाकार हरूको प्रस्तुति पनि रहने छ ।

१०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को मुख्य प्रायोजक समृद्धि फुड प्रोडक्ट शिवराज -८ वीरपुर ले गरेको छ।महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी का विशेष आकर्षण हरूमा -सबै प्रकारका कृषि प्रयोजन का मेशिन हरू,दूध दुहुने मेशिन जिरो भेटर धान काट्ने छर्ने रोप्ने लगायत आँप लिची र लहरे बाली काँक्रा घिरौँला बोडी लौका टिप्ने मेसिनरी औजार हरू ,बिरुवा एक ठाउँ बाट अर्को ठाउँमा सुरक्षित सार्ने मेसिनरी औजार रहेका छन् ।

सम्बन्धित् समाचार