महिलाका लागि अस्थायी गर्भनिरोधका अनेक विधि छन् । सुर्इ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।तर पुरुषका लागि भने अस्थायी गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।
पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुर्इ जस्तै अस्थायी गर्भनिरोधक सुर्इको आविष्कार गरेका छन् ।पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुर्इ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।
अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुर्इको आविष्कार गरेको बताइएको छ ।शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुर्इ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरि मानिसका लागि गर्भनिरोधक सुर्इको रुपमासमेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।
वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसलजेल नाम दिएका छन् ।अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने उनीहरुको भनार्इ छ । एजेन्सी ।
अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने छैन जानकारी
सफा पानी, सुरक्षित र लैङ्गिकरुपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन ।
पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन् । एक विद्यालय एक नर्स कार्यक्रमको शुरुआत शिक्षा मन्त्रालयले गरेको छ । यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन् ।‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रुपमा लगानी बढाउन थालेका बताइन्छ ।कार्यक्रममा आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले ग्रामीण क्षेत्रमा महिनावारी व्यवस्थापन गर्न नेपाल सरकारलाई सहयोग गर्न सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्न सम्मेलन आयोजन गरिएको हो ।’
महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतनामा जगाउन जोड दिए ।सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा छलफल भएको थियो ।
महिनावारी स्वास्थ्य व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ डा. मरनी सोमरले महिनावारी स्वास्थ्य व्यवस्थापन चिकित्सक र नर्सको मात्र नभई समुदायले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै पछिल्लो समय नेपालले यस क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताइन् ।पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले महिनावारीका कारण आफूले पनि भान्साका छिर्न नपाएको उदाहरण प्रस्तुत गर्दै आफ्नो पहिलो सन्तानको अन्नप्राशनको अघिल्लो दिन महिनावारी हुँदा पनि अन्नप्राशन कार्यक्रममा सहभागी भएको उदाहरण प्रस्तुत गरिन् ।अधिकारकर्मी बन्दना राणाले महिनावारी स्वास्थ्य व्यवस्थापनका गर्न किशोरीलाई नमूना बनाई चेतना जगाउने कार्यमा ध्यान दिन आग्रह गरिन् । रासस