गृहपृष्ठ Featured आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

प्रकाशित मिति:

काठमाडाैँ । नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि लागु भएको छ । संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’ आजदेखि लागुभएको हो । सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ ।

विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए । अब क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर भएको छ । नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइनेछ ।

त्यसैगरी कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ, ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तोकिएको छ । यस्तै समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने छ ।

सम्बन्धित् समाचार