काठमाडौँ । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् ।सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो ।