काठमाडौं ८ पुस -गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् ।मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका छन् ।
नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो
।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४/०७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २ हजार १६५ जना २० बर्षभन्दा मुनिका किशोरी छन् । -राजधानी दैनिकबाट