गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा नदिजन्य पदार्थको चोरी निकासी बढयो

कपिलवस्तुको बाणगंगामा नदिजन्य पदार्थको चोरी निकासी बढयो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा अन्र्तगत बाणगंगा नदिबाट रातको समयमा जदीजन्य पदार्थको चोरी निकासि बढेको छ । रातको समयमा नदीबाट ढुङगा, गिट्टि, बालुवाको तस्करी बढेको हो । रातको २ बजेपछि ट्रेक्टर ब्यवसायी नदीजन्य पदार्थको चारीमा अहिले आएर दिनहु तस्करी गरी रहेका छन ।

नदीजन्य पदार्थको नियन्त्रणको जिम्मा पाएको नगरपालिकाले करिव ४ महिना अघिबाट हालसम्म अनुगमन गरि रहेको छ । करिव ५ पटक अनुगमन भईसकेकोमा दुई पटक रातको समयमा तस्करले नदी किनार तथा गाउमा जम्मा गरेको नदीजन्य पदार्थ जफत गरेको भएतापनि त्यसपछि थप नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी नगरपालिकाले कुनै पहल गरेको छैन । नदीजन्य पदार्थको चोरी निकासि बढेको जनगुनासो आएपछि मात्र सो समयमा सो क्षेत्रको अनुगमन गर्दै आएको छ । नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी मेयर, उपमेयर र वडाअध्यक्षहरुले पहल नगरेपछि यहाँका स्थानियले चिन्तित रहेका छन । “रातको समयमा चोरी हुन्छ, ट्रेक्टरको आवाले सुत्नै पाइदैन” बाणगंगा बोडगाउका रमेश थापा बताए ।
रातको समयमा चोरी बढेको स्वीकार गर्दै वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले यसको नियन्त्रणका लागी अनुगमनले मात्र अव नहुने बताए । प्रहरीलाई नदीमा चोरी हुदै छ भनेर खबर गर्दा प्रहरी ढिला आउने गरेको र आउदासम्म चोरेर भागीसक्ने बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य पुर्णकला सुनारले बताइन । यस अघिको जनप्रतिनिधि, प्रहरी, प्रशासन र पत्रकारहरुको अनुगमनपछि २४ टाली बालुवा र गिट्टी र १० टाली ढुङगा जफत गरिएको थियो । साथै बिहिबार अनुगमनपछि ३२ टाली नदीजन्य पदार्थ जफत गरिएको बाणगंगा नगरपनलिकाका उपमेयर चक्र अर्यालले बताए । उता ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसिले नदीको क्षेत्र ठुलो भएको बताउदै नियन्त्रणका लागी रातको समयमा योजनाबद्ध तरीकाले गस्ती गरेतापनि केही ठाउबाट चोरी भएको हुनाले अव थप जनशतिm प्रयोग गरेर नियन्त्रण गरिने बताए । साथै उनले सबै नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए । उनले रातको समयमा चोरी गरी रहेको अवस्थामा ३१ वटा ट्रेक्टर प्रकाउ गरी हालसम्म चार लाख पैतिस हजार राजस्व सकंलन गरिएको बताए । बाणगंगा ईलाका प्रशासनका प्रमुख बिक्रम शर्माले चोरी नियन्त्रणका लागी सबै लाग्न आवश्यक रहेको बताए । सबैको प्रयासले मात्र चोरी निकासि नियन्त्रणमा आउने
उनको बिश्वास छ ।

फोटो फिचर ः बाणगंगा नगरपालिका वडा नः ७ बनगाई क्षेत्रमा चोरी निकासि गरी लुकाएर राखेको नदीजन्य पदार्थ जफत गरिदै

सम्बन्धित् समाचार