सैनामैनाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै सैनामैना रुपन्देहीको सैनामैनामा शिक्षण पेशालाई प्रविधिमैत्री बनाउन ५ दिने आईसिटी सम्बन्धी तालिम पुन : सुरु भएको छ ।
सैनामैनाका १८ सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्न र शिक्षण सिकाईमा प्रविधी भित्रयाउन २१४ जना शिक्षक मध्ये १२६ जना शिक्षकलाई तालिम प्रदान गर्न लागिएको नगरका शिक्षा शाखा अधिकृत धनिश्वर पन्थीले जानकारी दिनुभयो । उहाँले माध्यमिक तथा आधारभुत तहका शिक्षकहरुलाई सुचना,सँञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु गरिएको बताउनुभयो । गत कात्तिक महिनामा ११५ जना शिक्षक शिक्षिकाकाहरुले पहिलो चरणमा तालिम लिएका थिए । अव तेस्रो चरणमा ८८ जना शिक्षकहरुले तालिम लिनेछन् ।
२५ गते सम्म ६० जना शिक्षकहरुले आइसिटि सम्बन्धी तालिम लिने छन् भने,बाकीं ६६ जनाले २६ देखी ३० गते सम्म सिक्ने छन् । ५ दिने तालिममा राकेश अग्रहरी र महेश अधिकारीले प्रशिक्षण दिनुहुनेछ । सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन शिक्षकहरुका लागी तालिम सञ्चालन गर्न लागिएको बताउनुभएको छ । उहाँले नगरको कुल बजेटको एक तृतांश बजेट शिक्षामा विनियोजन गरिएको बताउँदै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकाश गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयोे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका कार्कीले तालिमबाट आवश्यक ज्ञान,सीप र क्षमता हासिल गर्न सहभागिहरुलाई आग्रह गर्दे तालिमको पुर्ण सफलताको कामना गर्नुभयो । सैनामैना वडा न.४ स्थित पर्रोहा माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रम नगरका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन रामापुर माविका शिक्षक महेश अधिकारीले गर्नुभएको थियो । सैनामैनामा प्रोजेक्टरको माध्यमबाट विधार्थीहरुलाई अध्यापन गराउन यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।