गृहपृष्ठ Featured म बन्धक छैन : गायिका विष्णु माझी

म बन्धक छैन : गायिका विष्णु माझी

प्रकाशित मिति:

म बन्धक छैन : गायिका विष्णु माझी

म बन्धक छैन : गायिका विष्णु माझी

 

स्याङ्जा : चर्चित लोकगायिक बिष्णु माझी गुमनाम भएको समाचार सार्वजनिक भइरहेका अवस्थामा आइतबार माझी परिवार प्रशासन कार्यालय स्याङ्जामा आएको छ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका हुन्। उनीहरु झण्डै करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा बिताएका थिए।

टाउकोमा पर्छौरा, मुखका मास्क, ओभर कोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर आएकी माझी कार्यालय भित्रपुगेपछिमात्र मुखको मास्क खोलेर बोलेको प्रजिअ निरौला ले जानकारी दिए।

चर्चित गायिका किन गुमनाम रहनु भएको प्रजिअ निरौलाको जिज्ञासामा माझीले आफनो इच्छा नै त्यस्तो रहेको बताइन्। माझीलाई उद्धृत गर्दे प्रजिअ निरौलाले भने, ‘बाहिरी हल्लाजस्तो मेरो भोगाई होइन, आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याउनु भएको हो, म बन्धक छैन। मेरो इच्छा नै बाहिर सार्वजनिक हुन नचाहने हो, म मेरो जीवनदेखि खुशी छु।’

विष्णु माझीको परिवारसहित प्रजिअ निरौला, प्रहरी उपरीक्षक लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितको समूहले छलफल गरेका थिए।

माझीका दाइ बाबुराम, बाबा ताराबहादुर र आमा धर्मकुमारी स्याङ्जाको चापाकोट नगरपालिकामा बस्छन् भने माझी बहिनी विष्णुसँगै काठमाडौंमा बस्ने गर्दछिन्। ताराबहादुर माझीका दुई छोरी र एक छोरा हुन्। विष्णु र सुन्दरमणि मिडियाकर्मीसँग बोल्न चाहेनन्। उनीहरुले तस्बिरसमेत सार्वजनिक नगर्न आग्रह गरेका छन्।

आफूसंगै काठमाडौंमा रहेकी बहिनी, आमा धर्मकुमारी, दाजु बाबुरामसँग विष्णु माझीको भेट भइरहेको बताए पनि बिहेपछि पहिलो पटक बाबा ताराबहादुर माझी (बाबु-छोरी) बीच भेट भएको बताइएको छ।

सम्बन्धित् समाचार