A&A इभेन्ट को आयोजना र श्री सान्ती श्रीजना युवा नेपाल कपिलवस्तु को सह कार्यमा Asian Rapper VTEN एहि २७ पौष मा कपिलवस्तु आउने भएका छन् ।
साथमा MADJONE – माना श्रेष्ठ र DJ नेहा को पनि बेजोड प्रस्तुति रहने कुरा श्री सान्ती श्रीजना युवा नेपाल र आयोजक A&A इभेन्टका निर्देशक अनमोल शिंह ले अफिसियल मिडिया @वैखरी अनलाइन डट कम लाई जनाउनु भएको छ ।
जसको Host RJ सुमन श्रेष्ठ ले गर्नुहुनेछ भने कार्यक्रम सनराइज पेट्रोलपम्प सङ्गै को प्राङ्गणमा हुनेछ । पछिल्ला दिनहरुमा कपिलवस्तु मा पनि एस्ता – एस्ता इभेन्ट कन्सर्ट हरुले युवाहरूलाई बिशेश आकर्षक गरेको छ । युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो कार्यक्रम मा यो चिसो मौसममा उल्लेख्य युवाहरूको उपस्थिति रहने कुरामा आयोजक बिस्वस्त छ ।