सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रम वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्यालले यस सहयोगी बहुउद्देश्यीय सहकारीलाई अग्रपङिकतमा पु¥याउनका लागि शेयर, बचत बढाउन आग्रह गरेका छन् । दैनिक हुने खर्च घटाएर बचत बढाउन सके सहकारीले फड्को मार्ने उनले बताए । उनले अहिले हरेक क्षेत्रमा प्रतिष्पर्धा भएको बताउँदै प्रथिस्पर्धा बिना टिक्न गाह्रो भएको हँुदा नगरपालिकाको वडा नं ३ र४ मात्र नभएर नगरपालिकानै कार्यक्षेत्र बनाउँन आवश्यक रहेको उनको भनाई छ । विशिष्ट अतिथि वडा नं. ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्रीले यस नगरलाई सवृंद्ध बनाउँन सहकारीका सदस्यहरुको ठुलो भुमिका रहेको बताउँदै यस सहकारी संस्थाका लागि पुर्ण सहयोग गर्ने छ भन्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रदेश ५ का समाजिक विकास मन्त्रालयका सहकारी प्रतिनिधी भगवती भट्राई, संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार सदस्य ईन्दिरा पन्तले महिला लक्ष्ति कार्यक्रमलाई अगाडि बढाउँने कुरामा जोड दिदै प्रदेशमा पस्तावना पेश गरेको बताए । त्यस्तै कार्यक्रमका वडा ३ का अध्यक्ष सन्तराम रौतार, संस्थाका सल्लनकार चेतना अधिकारी, शेयर सदस्य अम्बिका पौडेल, शिक्षा उपसमितीका संयोजक चन्द्रमाया बस्याल, सञ्चारिका समुहका जिल्ला उपाध्यक्ष पार्वती आचार्य लगायतले १७ औं वार्षिक साधारण सभाको शुभकामना ब्यक्त गर्दै सहकारीले महिला दिदीबहिनीहरुलाई क्षमतावान बनाएको बताए । यस संस्थाले संस्थाकी सस्थापक दुर्गा ज्ञवालिलाई मायाको चिनो प्रदान गरेको छ । त्यस्तै असल ऋणि मोतिसरा पहराई, पुर्णकला प्युठानेलाई पनि खादा र नगदले सम्मान गरिएको हो । उद्यमशिलतामा तारा पोख्रेल, त्यस्तै ज्येष्ठ महिला सदस्यहरु डिला अर्याल, हरिमाया बराल, चन्द्रकला पोख्रेल र कौशिला उपाध्यायलाई सम्मान गरिएको हो ।
कार्यक्रम सस्ंथाका अध्यक्ष नुमि शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । ब्यबस्थापक विद्या शर्माले संस्थाको अर्थिक प्रतिवेदन तथा वार्षिक प्रतिवदेन सचिव सुनिता सेनले प्रस्तुत गरेका थिए भने वार्षिक कार्ययोजना अध्यक्ष र आन्तरिक लेखापरिक्षण बिनिता आचार्यले प्रस्तुत गरे । उक्त सहकारी संस्थामा ७ सय १२ जना शेयर सदस्यहरु रहेका छन् । रु २० देखि बचत गर्न सुरु गरिएको उक्त सहकारी संस्थाले १ करोड ७२ हजार ७ सय १९ रुपैया बचत गर्न सफल भएको संस्थाले जनाएको छ । उपाध्यक्ष रमा पाण्डेको स्वागत मन्तब्य तथा सचिव सुनिता सेनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।