गृहपृष्ठ अर्थ/वाणिज्य वाणगंगा मोवाईल व्यावसायी समिती गठन

वाणगंगा मोवाईल व्यावसायी समिती गठन

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकामा वाणगंगा मोवाईल व्यावसायि समिती गठन भएको छ । वाणगंगा २ राजापानिमा नगरका सम्पुर्ण मोवाईल व्यावसायीहरुद्धारा एक कार्यक्रमको आयोजना गरि हाईलाईट मोवाईल सर्भिस सेन्टरका सञ्चालक केशव खनालको अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा फोर यु मोवाईल सेन्टरका सञ्चालक रामु पाण्डे, उपाध्यक्षमा एलिसा मोवाईल सेन्टरका सञ्चालक विकास न्यौपाने, कोषाध्यक्षमा एन सेल सप जितपुरका सञ्चालक टिकाराम पौडेल र सचिवमा कृष्ण पाण्डे चयन हुनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित समितीका अध्यक्ष खनालले नगरका सम्पुर्ण मोवाईल व्यावसायीहरुलाई एकिकृत गर्दै उनिहरुको हक हित र समस्याहरुको समाधान गर्दै संस्थालाई व्यवस्थित रुपमा अगाडि बढाउने र मुल्य समायोजन प्रक्रियालाई पनि विशेष ध्यान दिने  बताउनुभयो ।

त्यस्तै अन्य सदस्यले पनि आफुलाई परेका समस्याहरु समितीमा पु¥याई छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा वाणगंगा नगर भित्रका सम्पुर्ण क्रियाशिल मोवाईल व्यावसायीहरुको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित् समाचार