असिम भट्टराई/कपिलवस्तु युवा क्रिकेटर कपिलवस्तुका रोविन भट्टराई (क्षेत्री) अर्को महिनामा धनगढीमा हुने टि–२० धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटमा खेल्ने भएका छन् । उनलाई शनिबार धनगढी स्टारले ३५ हजारमा अनुबन्ध गरेको हो । उनी पहिला पनि महेन्द्रनगर युनाइटेड बाट खेली सकेका छन !
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने खेलाडी बोलकबोल (अक्सन) मा रविनलाई धनगढी स्टारले लिएको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिता माघ २६ गतेदेखि फागनु १५ गतेसम्म चल्नेछ। नेपाली राष्ट्रिय टिमका तीव्र बलर सोपपाल कामी खेलाडी रहेको धनगढी स्टारमा सुनिल धमला,पवन सराफ,दिपेश श्रेष्ठ,सौरभ खनाल लगायतका खेलाडी छन् !! यस प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीहरु सोमपाल कामि, शरद भेसावकर ,करन केसी ,बसन्त रेग्मी,ज्ञानेन्द्र मल्ल ,दिपेन्द्र ऐरि लगायतक खेलाडीहरु खेल्ने छन् !! रोविन बलिङमा कडा मानिन्छन् । उनी बाँयाँ हाते ब्याट्समेन पनि हुन् ।
यसअघिको डिपिएलमा उनी महेन्द्रनगर युनाईटेड बाट खेलेका थिए,उन्को बलिङको खुब चर्चा पाएका थिए! नेपाली राष्ट्रिय टिमका कप्तान पारस खडका लाई डकआउट समेत गरेका उनले, एक खेलमा उनी म्यान अफ दि म्याच समेत भएका थिए !!उनले स्थानीय स्तरमा हुने प्रतियोगितामा निकै राम्रो खेल पस्कँदै सबैको मन जित्दै आएका थिए । उनी विभिन्न कल्ब र दर्जन भन्दा बढी टिम बाट म्यान अफ दि म्याच,म्यान अद दि सिरिज बाट सम्मानित भैइसकेका छन ।
नेपालमै सर्वाधिक पुरस्कार राशीको सबैभन्दा चर्चित क्रिकेटमा कपिलवस्तुका रोविनले दोश्रो पटक स्थान पाउनुले जिल्लामा क्रिकेटको राम्रो सम्भावना रहेको पुष्टि भएको छ । रोविनले डिपिएलमा राम्रो प्रस्तुति दिएर राष्ट्रियस्तरसम्म आफ्नो प्रभाव गर्न सक्नेमा धेरै आशाबादी छन हाम्रो तर्फबाट पनि उनलाई शुभकामना ।