चिसो बढसगै चिया पसलमा चियाको बिक्रि बढेको छ । चिसोबाट बच्न चिया पिउदा आनन्द हुनुका साथै चिसोबाट तातो भइन्छ कि भनेर अन्य समयमा भन्दा जाडोको मौसममा चिया पिउने बढि हुन्छन । अन्य समयमा चिया पिउदै नपिउनेहरु चिसो मौसमको समयमा चिया पिउने समेत पाइन्छ । चिसो मौसममा चिया बढि बिक्रि हुनाले भारतका गौतम हल्दार अहिले नेपालमा चिया बिक्रि गर्न आएका छन । भारतको उडीसा प्रदेशको आदीजपुर मालोपराका गौतम यती बेला कपिलवस्तुको चार नः जितपुर बजारमा आएका छन । एक महिना देखि उनी बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म र दिउसो ३ बजेदेखि साझ सात बजेसम्म चोक चोक तथा पसलहरुमा पुगेर चिया बेच्दै आएका छन । मसला चिया बेच्दै आएका उनी अहिले जितपुर बजारमा सबैको रोजाई बनेको छ ।
चुर्णको प्रयोग गरेर कालो चिया चिसो मौसममा खादा सबैलाई मनपरेपछि उनको बिक्रि समेत दिनहु बढेको छ । उनले दैनिक १४० देखि १८० कप सम्म चिया बिक्रि गर्दै आएका छन । सानो ग्यास जडान सहितको कित्ली र एउटा बाल्टीमा कप कागती लिएर उनी सबेरै ६ बजे चिया बेच्न बजार निस्कन्छन । मसला चियामा नया स्वाद आउने हुदा मिठो लाग्ने गरेको बाणगंगा पिपराका युवा सागर कार्की बताउछन । “मसला चिया खाने ग्राहक दिनहु प्राय एउटै हुनुहुन्छ , बिहानमा सधै लिएर आउनु होला भन्नुहुन्छ ” उनी हिन्दी भाषामा बताउछन । भारतमा उनका आमा बुवा , श्रीमतिसगै दुई छोरा छोरी रहेका छन । नेपालमा चिसोमा चिया र गर्मी आइसक्रिम बेचेर आफनो घर खर्च चल्ने गरेको बताउदै दिनहु आठ सयदेखि एक हजारसम्म बचत गर्ने गरेको उनी बताउछन ।