- चीनले चन्द्रमामा उमारेको बिरुवा मरेको छ। चन्द्रमाको रातको तापक्रम अत्यन्त चिसो भएपछि बिरुवा मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्। चीनको अन्तर्राष्ट्रिय अन्तरिक्ष प्रशासनले गत मंगलबार चाङ–४ मिसन अन्तर्गत चन्द्रमाको परको क्षेत्रमा पुगेको आफ्नो रोवोटिक यानले छरेको कपासको बिउको बिरुवा चन्द्रमामा उम्रिएको जनाएका थिए।
वैज्ञानिकहरुका अनुसार चन्द्रमामा सूर्यको किरणका कारण उक्त कपासको बिउ टुसाएको थियो। तर जब रात पर्यो। टुसाएको बिरुवाले चन्द्रमाको चिसो खेप्न सकेन। माइनस १ सय ७० सेन्टिग्रेड चिसोका कारण उक्त बिरुवा मरेको चिनियाँ वैज्ञानिकलाई उदृतगर्दै द गार्जेनले जनाएको छ।
अन्तरिक्षमा रहेको स्पेस स्टेसनहरुमा बिरुवा उमार्न सफल भएपनि वैज्ञानिकले चन्द्रमामा यसअघि बिरुवा उमार्न सकेका थिएनन्।
चन्द्रमामा बिरुवा उमारे लगत्तै अन्तरिक्ष यात्री आफैले चन्द्रमामा आफ्नो खान खेती गर्नसक्ने चिनियाँ वैज्ञानिकहरुले दाबी गरेका थिए।
तर चीन कुनैपनि जैविक कुरा चन्द्रमामा फलाउने पहिलो राष्ट्र बनेपनि त्यसलाई हुर्काउन भने असफल भएको छ।
यसै वर्षको जनवरी ३ मा चन्द्रमा अवतरण गरेको चाङ–४ मिसनको यानले पृथ्वीबाटै माटो, आलुका बिउ, कपासका बिउ तथा किराका अण्डाहरु लगेको थियो।
वैज्ञानिकहरुले ती बिउहरु विकासगर्न विशेष कन्टेनरहरु समेत चन्द्रमामा लगेका थिए। त्यस कन्टेनरमा बिउ विकासको कृतिम वातावरण निर्माण गरिएको छ।
यद्यपी चन्द्रमाको चिसोले कृतिम वातावरणलाई समेत प्रभाव पारेको छ। तर वैज्ञानिले यस प्रयासलसाई निरन्तरता दिनेछन्। एजेन्सी
प्रकाशित ३ माघ २०७५, बिहिबार |