गृहपृष्ठ Featured म्याद गुज्रिदा नि बनेन तौलीहवा जितपुर सडक

म्याद गुज्रिदा नि बनेन तौलीहवा जितपुर सडक

प्रकाशित मिति:

‘जितपुर–तौलिहवा सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण थालिएकोमा समयमै काम नसकिएपछि ६ महिना समय थप भएको छ । ७३ साल मंसिरबाट निर्माण सुरु गरिएको सडक २० महिनामा पूरा गर्ने सम्झौता भएकोमा समयमै काम नसकिएपछि ६ महिना समय थप गरिएको सडक डिभिजन कार्यलय कपिलवस्तुले जनाएको छ । सुरुको समयमा ठेकेदारले निकै सुस्त काम गरेकाले समयमै काम नसकिएको बताइएको छ ।

थपिएको ६ महिनामा अर्थात असार मशान्तसम्म काम सकिने इञ्जीनियर मनिश सिहंले जानकारी दिए । महेन्द्र राजमार्गबाठ सात किलोमिटर जितपुर गजेहडा बजार क्षेत्रसम्म पानीको पाइपका कारण सो क्षेत्रमा काम ढिलाई भएको उनको भनाई छ । खोला खुले लगत्तै बजार क्षेत्रको काम सकिने र अन्य क्षेत्रको काम अन्तीम चरणमा रहेको उनले बताए । तौलीहवा जितपुर सडक खण्ड निमार्ण कार्य सुस्त भएकाले बजार क्षेत्रमा धुलोका कारण समस्या बढेको छ । स्थानिय युवा बसन्त खनालले एकोहोरो काम सक्दै आउनु पर्नेमा भत्काउदै र केही समय अन्तराल राख्दै काम गरेकाले धुलोका कारण समस्या रहेको उनी बताउछन ।

सम्बन्धित् समाचार