काठमाडौं । मंगलबार बेलुकादेखि नै छिटफुट वर्षात् सुरु भएसँगै बुधबारदेखि उपत्यकासहित देशैभरको चिसो बढेको छ ।
बुधबार अधिकांश हिमाली भेकका जिल्लामा हिउँ पर्दा गाउँहरु सेताम्य भएका छन् । जुम्ला, जाजरकोट, बाजुरा, हुम्ला लगायतका जिल्लामा हिउँ परेसँगै किसानहरु सिँचाइ नभएका ठाउँमा स्याउका बिरुवावरिपरि हिउँ थुपार्न व्यस्त भएका छन् । जुम्लाका कृषकहरु बगैंचामा हिउँपोखरी निर्माण गरेर हिउँ जम्मा गर्ने र पछि बिरुवामा सिँचाइ गर्ने गर्दछन् ।
बाक्लो हिउँ परेपछि खासगरी बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाबीचमा पर्ने पोरखे काँध सेताम्य भएको छ भने हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटीमा स्वदेशी र विदेशी पर्यटक रमिरहेका दृश्यहरु सार्वजनिक भएका छन् ।
फोटो फिचर :
सबै तस्बिर : रासस