गृहपृष्ठ Featured कम्युनिष्ठ सरकारको मनपरिको बिरोधमा उत्रन अध्यक्ष शतिmको आग्रह

कम्युनिष्ठ सरकारको मनपरिको बिरोधमा उत्रन अध्यक्ष शतिmको आग्रह

प्रकाशित मिति:

नेपाल तरुण दल जिल्ला कार्य समिति सभापति तथा युवा नेता खोम बहादुर सिहं (शतिm) ठकुरीले कम्युनिष्ठ सरकारका अराजक गतिविधिको भण्डारभोर गर्न आग्रह गरेका छन । कपिलवस्तुको चार नः जितपुरमा आयोजित युवा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले यही माघ १२ गते बुटवलमा आयोजित बिरोध सभामा सहभागि हुुन समेत कपिलवस्तु जिल्लाका युवाहरुलाई आग्रह गरेका हुन । दुई तिहाईको दम्भ देखाउदै सरकारले हरेक कृयाकलाप  मनपरी तरिकाले  गर्दै देशलाई अराजकता तर्फ लैजान खोजेको उनको भनाई छ । सहमति र सहकार्य गरेर काग्रेस अगाडी बढ्न चाहेको बताउदै एकलौटी रुपमा सरकार अगाडी बढेकाले अव मौन युवाहरु मौन रहे देश डुब्न सक्नेमा उनले जोड दिए । बिरोध सभामा सहभागि हुन कपिलवस्तु तरुण दल जिल्ला कार्य समितिको आयोजनामा बिहान १० बजे चार नः जितपुरबाट बुटवल बिरोधसभामा जान यातायातको ब्यवस्था रहेको बताउदै पार्टीका नेता कार्यकर्ता तथा तरुणहरुलाई बिरोध सभामा सहभागि हुन उनले आग्रहसमेत गरेका छन ।

सम्बन्धित् समाचार