गृहपृष्ठ Featured डा. केसीको जीवनरक्षा माग गर्दै चिकित्सक रिले अनशनमा

डा. केसीको जीवनरक्षा माग गर्दै चिकित्सक रिले अनशनमा

प्रकाशित मिति:


चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै नेपाल चिकित्सक संघ सम्बद्ध चिकित्सकहरूले देशव्यापी रूपमा रिले अनशन सुरु गरेका छन्।फाइल तस्बिरः चिकित्सकको अनशन

फाइल तस्बिरः चिकित्सकको अनशन

संघको आह्वानमा काठमाडौं उपत्यकासहित देशभरका चिकित्सक सोमबार बिहान १० बजेदेखि रिले अनशनमा बसेका हुन्।

उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए।

देशभर गरेर करिब ८ हजार चिकित्सक आफूमा आबद्ध रहेको संघको दाबी छ।

माग पूरा नहुँदासमम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनशन गरिने अध्यक्ष श्रेष्ठले बताए। रिले अनसनमा आलोपालो बसेरै भए पनि ओपीडी सेवा सञ्चालन गर्ने उनको भनाइ छ।

‘जबसम्म डा. केसीको अनशन तोडिँदैन तबसम्म हाम्रो अनशन जारी रहनेछ,’ नेपालखबरसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेलाई बिरामीको उपचार सेवामा कुनै असर हुँदैन, दुई/तीन दिनपछि पनि माग पूरा भएने असर पनि हुनसक्छ।’

आइतबार बसेको संघको आकस्मिक बैठकले अर्को निर्णय नभएसम्म रिले अनशन जारी राख्ने घोषणा गरेको हो।

यसअघि संघले सरकारलाई केसीको जीवन रक्षाका लागि वार्ता समिति गठन गर्न ७२ घण्टे अल्मिेटम दिएको थियो। उक्त समय सीमामित्र पनि माग पूरा नभएको भन्दै संघले आन्दोलन घोषणा गरेको हो।

 

प्रकाशित १४ माघ २०७५, सोमबार | 2019-01-28 11:08:00

सम्बन्धित् समाचार