गृहपृष्ठ Featured खाडी मुलुक लैजान लागिएका ६ नेपाली युवतीको नयाँदिल्लीबाट उद्धार

खाडी मुलुक लैजान लागिएका ६ नेपाली युवतीको नयाँदिल्लीबाट उद्धार

प्रकाशित मिति:

नयाँदिल्ली
दिल्ली महिला आयोग (डीडब्ल्यूसी) ले पुनः ६ जना नेपाली युवतीको उद्धार गरेको छ।

आयोगका अनुसार उत्तर–पश्चिम दिल्लीको भलस्वाको एक घरबाट यी युवतीहरूलाई उद्धार गरिएको हो।उद्धार गरिएका युवतीहरूको उमेर १८ देखि २५ वर्षबीच रहेको बताइएको छ।


नयाँदिल्ली

 

केही दिन अघि नेपाल ल्याइएर उनीहरूलाई दिल्लीमा राखिएको थियो। मानव तस्करहरु ती युवतीहरुलाई त्यहाँबाट खाड़ी देशहरूमा पठाउने योजनामा थिए। जानकारी अनुसार, ती युवतीहरू कुनै महिला एजेण्टको सम्पर्कमा थिए। यद्यपि, उनीहरू ती महिला एजेण्टसँग अपरिचित थिए। डीडब्ल्यूसीका अनुसार एक ईमेलमार्फत् प्राप्त सूचनाको आधारमा नेपाली युवतीहरूलाई उद्धार गरिएको हो।

उनीहरूलाई जुन घरमा राखिएको थियो, त्यहाँबाट एक कन्सल्टेन्सीका धेरै भिजिटिङ कार्ड, पासपोर्टको प्रिण्टआउट, बियरको बोतल तथा अन्य आपत्तिजनक समान बरामद गरिएको छ। यसले खाड़ी देशहरूमा पठाउन अघि यी युवतीहरूसँग यौन शोषण गरिएको स्पष्ट हुन्छ।

उनीहरूलाई लीना नामकी एक महिला एजेण्टले जागिरका लागि विदेश लैजाने बताएकी थिइन्। यद्यपि उनीहरूले ती एजेण्टलाई कहिले देखे–भेटेका भने थिएनन्।

उद्धार गरिएका युवतीहरूको भनाइमा जागिरका लागि ती एजेण्टलाई एक–एक लाख रूपैयाँ पनि बुझाएका थिए।

उद्धार गरिएकामध्ये सबैभन्दा कम उमेरकी युवतीसँग भारतकै इम्फालको टिकट थियो, जबकि अन्य युवतीहरुको भनाइ अनुसार उनीहरूले विदेशमा आफ्नो प्लेसमेण्ट पर्खेर बसिरहेका थिए।

शुक्रबार बिहानै मात्र उक्त स्थानबाट अन्य १०–१२ नेपाली युवतीलाई जागिरको नाममा अन्यत्र लगिएको छ। ती युवतीहरू खाड़ी देशहरूमा तस्करी भएको हुनसक्ने डीडब्ल्यूसीको आशङ्का छ।

अर्कोतिर, नेपाली महिला र पुरुषहरूको एक समूह मणिपुरको सीमा भएर म्यान्मार प्रवेश गरेको मणिपुर हेल्पलाइनबाट शुक्रबार दिल्ली महिला आयोगलाई फोन आएको थियो।

यस्तै, १६ नेपाली युवतीको एक अन्य समूहलाई मणिपुर सीमामा प्रहरी हिरासतमा लिइएको बताइएको छ।

डीडब्ल्यूसीले यसलाई गम्भीर मुद्दा मानेर छानविन गरिरहेको छ। किनभने मणिपुर हेल्पलाइनबाट प्राप्त जानकारी र उद्धार गरिएका युवतीहरूले दिएको बयानबीच मेल खान्छ।

अहिले ठूलो परिमाणमा अन्तरराष्ट्रिय महिला तस्करी ऱ्याकेट दिल्लीमा चलिरहेको डीडब्ल्यूसीको आशङ्का छ।

प्रकाशित १९ माघ २०७५, शनिबार | 2019-02-02 11:38:34

सम्बन्धित् समाचार