गृहपृष्ठ Featured लामो आन्तरिक विवाद पछि नव प्रभात बचत तथा ऋण सहकारीको नयाँ समिति चयन

लामो आन्तरिक विवाद पछि नव प्रभात बचत तथा ऋण सहकारीको नयाँ समिति चयन

कपिलवस्तु जिल्ला वाणगंगा ९ स्थित नव प्रभात वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तिन महिना लामो आन्तरिक विवाद पछि आज नयाँ कार्य समिति चयन भएको छ । पुर्व अध्यक्ष भुवनेस्वर पौडेलको तिन वर्षे कार्यकाल समापत भए पछि तिन महिना पहिले अधिवेशन गरिएको थियो ।

नव गठित कार्यसमितिको कार्य अवधि तिन वर्ष रहने संस्थाले जानकारी गराएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा यादुराम भुसाल , उपाध्यक्षमा सरस्वती गैरे पौडेल , सचिवमा शान्ता पोख्रेल , सदस्यहरुमा क्रमश राधिका टण्डन , दुर्गा कार्कि , लक्ष्मी खत्री , राम प्रसाद भुसाल , राधा अधिकारी र सरस्वती अधिकारी रहने छन् । संस्थाले लेखा समितिको टुङ्गो पनि आजै लगाएको छ । जसमा लेखा संयोजक दिपक कुँवर सहित सदस्यहरुमा कृष्णावर्ति थारु र देविका गिरी रहने वैखरी अनलाइन लाई अध्यक्ष यादुराम भुसालले जानकारी दिनुभयो ।
नव गठित समितिलाई वैखरी राष्ट्रिय अनलाईन पत्रिकाको तर्फबाट

हार्दिक शुभकामना

सम्बन्धित् समाचार