कपिलवस्तु जिल्ला वाणगंगा ९ स्थित नव प्रभात वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तिन महिना लामो आन्तरिक विवाद पछि आज नयाँ कार्य समिति चयन भएको छ । पुर्व अध्यक्ष भुवनेस्वर पौडेलको तिन वर्षे कार्यकाल समापत भए पछि तिन महिना पहिले अधिवेशन गरिएको थियो ।
नव गठित कार्यसमितिको कार्य अवधि तिन वर्ष रहने संस्थाले जानकारी गराएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा यादुराम भुसाल , उपाध्यक्षमा सरस्वती गैरे पौडेल , सचिवमा शान्ता पोख्रेल , सदस्यहरुमा क्रमश राधिका टण्डन , दुर्गा कार्कि , लक्ष्मी खत्री , राम प्रसाद भुसाल , राधा अधिकारी र सरस्वती अधिकारी रहने छन् । संस्थाले लेखा समितिको टुङ्गो पनि आजै लगाएको छ । जसमा लेखा संयोजक दिपक कुँवर सहित सदस्यहरुमा कृष्णावर्ति थारु र देविका गिरी रहने वैखरी अनलाइन लाई अध्यक्ष यादुराम भुसालले जानकारी दिनुभयो ।
नव गठित समितिलाई वैखरी राष्ट्रिय अनलाईन पत्रिकाको तर्फबाट
हार्दिक शुभकामना