पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना १ रानिबगियामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भई हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बलाल रहेको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।
बुटवल तर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ३७०६ नं को मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा लुम्बिनी पार्देशिक अस्पताल बुटवलमा सोमबार राति ९: ३० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको नियन्त्रणमा रहेको छ ।