गृहपृष्ठ Featured कपिलबस्तुको बाणगंगा नगरपालिकामा अत्यन्तै असाधारण बच्चा जन्मियो सहयोग को अपिल

कपिलबस्तुको बाणगंगा नगरपालिकामा अत्यन्तै असाधारण बच्चा जन्मियो सहयोग को अपिल

प्रकाशित मिति:

– कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका – ९ भलवाड जिनुवा मा अत्तन्तै असाधारण बच्चा जन्मियको  छ। आमा सोभा छेत्री र बुवा सालीक राम खत्री को कोखबाट जन्मिएको बच्चाको दुबै आँखा छैनन । मुखबाट पनि कुनै प्रकारको खाना खुवाउन मिल्ने अवस्था छैन। अत्यन्तै नाजुक स्थिती र दयनिय पारिवारिक अवस्थाको कारण उक्त बच्चाको उपचार कसरी गर्ने भन्ने बिषयमा सपरिवारमा ठुलै चिन्ता श्रीजना भएको छ।
हाम्रो समाचार ब्युरोबाट मन्जु भुसालले वहाकै घरमा गएर लिनुभएको जानकारी अनुसार हाल वहाँलाई केही सहयोगको अपेक्षा जरुरी देखिन्छ । श्रीमान सामान्य ठेला व्याबसायी भएकै कारण पनि सामान्य उपचार् खर्चपनी जुट्न सक्ने अवस्था छैन , जसको केही छैन उसको भगवान पनि हुदोरैनछन् , सांझ बिहान हातमुख जोड्ने अवस्था छैन, भबिश्यको आशा गरियका सन्तानहरु अपाँग जन्मिन्छन, जन्मिएका सन्तानहरुको उपचार लाई सुको जुट्दैन , समाज र परिबेश् लाई एस्ता आर्तनाद हरु एस्ता पिँडाहरु सुन्ने र हेर्ने फुर्सद छैन ।

वैखरी मिडिया को सहकार्य् र भलवाड स्वास्थ चौकी मा खोप को आयोजना हुँदै गर्दा महिला स्वेमसेबिका मन्जु भुसाल सहयोगमा यो समाचार तयार पारीएको हो ।


बच्चाको स्वास्थ उपचार र अपरेशनको लागि सहयोग को अपिल गरिएको छ। सहयोगको लागि कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका – ९ बक्सिसपुरमा रहेको सानाकिसान कृषि सहकारी संस्था लि को बच्चाको बाबा सालीक राम खत्री को नाममा रहेको  बचत खाता नम्बर – ००६०००२५० मा सहयोग गरिदिनुहुन अपिल गरिएको छ।

सम्बन्धित् समाचार