गृहपृष्ठ Featured नेकपाले आज भरतमोहन र रवीन्द्रको सम्झनामा श्रद्धान्जली सभा गर्दै

नेकपाले आज भरतमोहन र रवीन्द्रको सम्झनामा श्रद्धान्जली सभा गर्दै

प्रकाशित मिति:
खरीबोट

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुईजना नेताको सम्झनामा विहीबार काठमाण्डौमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जली सभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

 पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सम्बन्धित् समाचार