गृहपृष्ठ Featured जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण

जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण

भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ ।
unn.prixa.net

                                           प्रतिकात्मक तस्बिर

भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ ।

एक महिनाको बिदा लिएर आफ्नो गाउँ काजीपोरा चादूरा आएका यासीनलाई उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् ।

पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।

गएको वर्ष जुन महिनामा भारतीय सेनाका जवान औरंगजेबको अपहरणपछि हत्या भएको थियो ।

जम्मू–कश्मीरको पुंछमा घर भएका औरंगजेबलाई यात्राकै क्रममा अपहरण गरिएको थियो । इद मनाउन घर फर्किरहेका बेला उनलाई बाटोबाटै आतंकवादीहरुले अपहरण गरेका थिए । पछि उनको शव भेटिएको थियो ।

सम्बन्धित् समाचार