अस्पतालकोे लापरवाहिका कारण कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको वाणगंंगा नगरपालिका वडा नम्बर १ चार नम्बर जितपुर चोकमा रहेको युनाइटेड नेस्नल हस्पिटलमा बुङचीकी आन्दाजी ३५∕३६ वर्षिय उजेली भाट क्षेत्रीको एपेन्डिक्स भएका कारण २४ गते विहान अप्रेशन भएकोमा राती स्वास्थ्य अवस्था झन नाजुक भए पछि उनलाई परिवारले मणिग्राममा रहेको क्रिमसन अस्पताल लगेकोमा गएराती अस्पतालले मृत घोषणा गरेको हो ।
यसरी विरामीको ज्यान गएको घटनामा युनाइटेड नेस्नल अस्पतालको कमजोरी देखिएको छ । खासै सुविधा सम्पन्न नरहेको अस्पतालमा जिल्ला अस्पतालमा कपिलवस्तुमा कार्यारत डाक्टर गणेश क्षेत्रीले अप्रेशन गरेको थिए । अप्रेशन भए लगत्तै आफन्तहरु संग सामान्य बोल चाल गरेकी क्षेत्रीको स्वास्थ्य अवस्था त्यसपछि झन नाजुक हुँदै गएपछि थप उपचारका लागि रुपन्देहि लगिएकोमा अस्पताल पु¥याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो ।
मृतक क्षेत्रीको परिवार जनले उनको आजै दाह संस्कार समेत गरेका छन् । उनका श्रीमान भीम बहादुर भाट क्षेत्री नेपाल प्रहरीबाट निवृत्त व्यक्ति हुन् । मृतक क्षेत्रीकी स्नेहा भाट क्षेत्री नाम गरेकी एक मात्र छोरी रहेकी छिन् । उनको मृत्यु भए लगत्तै आक्रोशित आफन्तजन र स्थानियहरुले अस्पताल पुगि हस्पीटलको लापरवाहिका कारण उनको ज्यान गएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ज्यान गुमाएकी महिला परिवारको अप्रेसन गरेका डाक्टर संग नाता सम्बन्ध रहेको कारण घटनालाई लुकाउने प्रयास भएको छ ।
तर अस्पतालले भने जिल्ला अस्पतालका डाक्टर आफूले अप्रेसन गर्छू भनेपछि अस्पतालले ठाउँ मात्रै दिएको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जिल्ला अस्पतालका डाक्टरले आफुले अप्रेसन गर्ने गरि ठाउँ मागेपछि आफुले प्रदान गरेको बताउनु भयो ।
उचित पूर्वाधार विनै अप्रेशन गर्ने काम गरेका कारण यस किसिमको अप्रिय घटना घटेको जानकारहरुले बताएका छन् ।