गृहपृष्ठ Featured जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाई मुस्लिम विश्वविद्यालय का रूपमा स्थापना गर्न पहल हुने

जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाई मुस्लिम विश्वविद्यालय का रूपमा स्थापना गर्न पहल हुने

 

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३ जामिया सिराजुलवलुम अलसल्फीया को सभा हाल मा एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तु को विस्तारित बैठक सोहि संगठन का अध्यक्ष लाल चन्द पाण्डेय को अध्यक्षता मा र  संगठनका प्रदेश सदस्य डा.अब्दुलगनी अलकुफी को प्रमुख अतिथ्यता मा बसेको बैठक बाट संगठन को सदस्यता चैत्र मसन्त सम्म नविकरण गर्नु पर्ने र उक्त नविकरण का लागि विभिन्न नगरपालिका र गाउँपालिका मा जिम्मेवारी वाडफाड गरिने भएको छ ।

सुवास कोहार लाई जिल्ला कार्य समिती को जिम्मेवारी समेत दिएको र जि.शि.महासंघ सह अध्यक्ष पदमा संगठन को कोषाध्यक्ष भोजराज अचार्य र सदस्य पदमा रहेका शिवप्रसाद अधिकारी लाइ शिक्षक महासंघ को सदस्य पदमा पठाइने साथै कृष्णनगर नगरपालिका वडा नं.३मा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाइ मुस्लिम विश्वविद्यालय स्थापना गर्न उक्त संगठन बाट आवश्यक सहयोग गर्ने जस्ता निर्णय हरु गरिएको उक्त संगठन का प्रदेश सदस्य मौलाना मसहूद खा नेपाली ले जानकारी दिनु भयो  ।

सम्बन्धित् समाचार