गृहपृष्ठ Featured स्याङ्जामा विकास निर्माणका कार्यहरु अलपत्र : सांसद मल्ल

स्याङ्जामा विकास निर्माणका कार्यहरु अलपत्र : सांसद मल्ल

प्रकाशित मिति:

पोखरा : गण्डकी प्रदेशका सांसद तथा युवा नेता भागवतप्रकाश मल्लले स्याङजाका विकास निर्माणका कार्यहरु अलपत्र परेको भन्दै प्रदेश सरकारको ध्यानार्कषण गराउनुभएको छ । गण्डकी प्रदेश र ५ नं प्रदेश जोडने कालीगण्डकी रामनदी धाममा रहेको पुलको बारेमा २०७५ फागुन महिना भित्र डिपिआर बनाउन भनिएको भन्दै अहिले सम्म के कति प्रगति भईरहेको छ भन्दै प्रदेश सरकारलाई प्रश्न गर्नुभयो ।

गल्याङ नगरपालिका १ मालुङ्गा र पाल्पाको रम्बा गाउँपालिका ३ बाट कालीगण्डकी तिनाउ ड्राइभर्सन बुहउद्देश्यीय परियोजनाको विस्तृत अध्यइान शुरु भएको र अध्ययन प्रतिवेदन तयार पारेको भनिएको छ । यसले निर्माणले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा आम नागरिकले बुझ्न पर्ने उहाँको भनाई थियो ।

गुमरहामा राखेर कालीगण्डकीदेखि ३० किलोमिटर लामो सुरुङ्गबाट पानी लगेर रुपन्देही कपिलवस्तु र परासी क्षेत्रका करिब ३० हजार हेक्टर जमिन सिचाई र १ सय ४ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको परियोजनाको लागत अनुमान ४० अर्व भनिएको र हाम्रो प्रदेशको गौरवको रुपमा रहेको कालीगण्डकीलाई प्रयोग गरेर विकासका नाममा विनास गराउने चेष्टा गरिएको समेत सांसद मल्लले बताउनुभयो ।

कालीगण्डकीको पानीले प्रदेश न ५ का खेतियोग्य जमिन सिचाई गराउने बहानामा नेपालको पानी भारत पुयाउने योजना हो की भन्ने समेत शंका उत्पन्न भएको मल्लले बताउनुभयो । सांसद मल्लले भन्नुभयो, “अरबौका योजना त बनाउँला तर खरबौको क्षति पुग्ने योजनाको बारेमा प्रदेश संसदमा जानकारी गराउन म सभामुख मार्फत सम्बन्धी सबैमा गम्भिर ध्यान दिन आग्रह गर्दछु ।”

सम्बन्धित् समाचार