मान्छेको हरेक दिनको अपेक्षा फरक हुदै गइरहेको अवस्थामा समय सान्दर्भिक मागलाई सम्बोधन गर्नु प्रत्येक उत्पादन क्षेत्रको चुनौती हो । वर्तमानमा फोन मात्रै स्मार्ट चलिरहेको छ भनेर सोच्नु आफू गलत साबित हुनु हो । मानिसको मस्तिष्क स्मार्ट फोन भन्दा स्मार्ट भईसक्यो । हरेक दिन फरक स्वादमा रमाउन चाहनेहरुका लागि ” मेनिया फ्रुट जुस ” एक सहि छनोट बन्नसक्छ । गर्मी मौसमको आद्र्रतामय सिजनमा मनको प्यास मेटाउने क्रममा अन्य जुस भन्दा केही फरक स्वाद र गुणस्तरीयता पाउनु मेनियाको बिषेसता हो ।
हरेक उत्पादन क्षेत्रको फरकपन भनेको उसले उत्पादन गरेको चिज/बस्तुको फरक बनोट,फरक स्वाद हो । उसै पनि हरेक ब्यापारी र ग्राहकले बजारमा आएको नयाँ सामानमा खोज्ने भनेको गुणस्तरीयता ,परिमाण,स्वाद र मुल्य हो । यी सब कुरामा प्रतिस्पर्धा गर्न सके बजारमा आएको नयाँ सामान लामो समयसम्म नयाँ रहंदैन ब्राण्ड बन्छ ।
“मेनिया” अर्थात् उन्माद, पागलपन । कम्पनीले जुन अर्थ बोकेको नाम छनोट गरेको छ सेवन गर्दा त्यहि अनुपातमा उन्माद नबढ्ला तर मूल्य बराबरको भन्दा बढी सन्तुष्टि भने मिल्नेछ । फरकफरक साईज र फ्लेवरमा पाईने यस जुसको उत्पादन छिमेकी राष्ट्र भारतमा भए तापनि अर्को बर्षदेखि बिर्तामोडमा उत्पादन गरेर देशब्यापी बनाउने कम्पनीको योजना अनुरुप फ्याक्ट्री बनाउने कार्य धमाधम भईरहेको छ।