काठमाडाैँ । तराईका जिल्लाहरु बारा र पर्सामा आइतबार बेलुका आएकाे हावाहुरी र असिना–पानीका कारण मृत्यु हुनेकाे संख्या २ दर्जन नाघेकाे छ ।

आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण बारा र पर्सामा कम्तीमा पनि २५ जनाकाे मृत्यु भएकाे छ भने सयाैँ संख्यामा घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा आेलीले बारा र पर्सामा २५ जनाकाे ज्यान गएकाे जानकारीमा आएकाे भन्दै उद्धारमा खट्न निर्देशन दिनुभएकाे छ । उहाँका अनुसार ४०० भन्दा बढी घाइते भएको पुष्टि गरिएकाे छ । उहाँले राति सवा दश बजेतिर ट्विटरमार्फत साे जानकारी दिनुभएकाे हाे ।
उहाँले बिहानैबाट आवस्यक उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिँदै राति नै अर्काे ट्विट गर्नुभएकाे थियाे, ‘मौसमले साथ दिएमा तत्काल उद्धार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।’
यद्यपि राति अबेरसम्म हावाहुरी र असिनापानी बर्सिएकाले क्षतिकाे वास्तविक विवरण अझै आउन बाँकी छ । घाइतेकाे र मृतककाे संख्या बढ्नसक्ने जनाइएकाे छ ।
कैयाैँ घरका छाना उडेका छन् भने भित्ता ढलेका । बिजुलीका पाेल र रुख समेत ढलेका छन् । बिजुलीबत्ती समेत अवरुद्ध भएकाे प्रहरी अधिकारीहरुले जनाएका छन् ।प्रहरीका अनु्सार राति १ बजेसम्म मृत्यु हुनेकाे संख्या २७ पुगेको छ भने घाइतकाे संख्या ५०० नाघेकाे छ । सबैभन्दा बढी बारामा धनजनकाे क्षति भएकाे छ ।
पछिल्लाे अपडेटअनुसार घाइतेहरूको उद्धार गरी वीरगंज पुर्याइएकाे छ । उनीहरुकाे नारायणी उपक्षेत्रीय अस्पताल लगायतमा उपचार भइरहे पनि कति बिरामीका लागि बेड अभाव देखिएकाे छ ।घाइतेहरुकाे उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टाेली ठूलो संख्या खटिएको छ ।
