ओम प्रकाश पौडेल
कपिलवस्तु चैत्र २५
वाणगंगा ४ ठाकुरापुरमा भएको पत्रकार सम्मेलनमा कृषि पशुपंक्षी तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कृषिका लागि मल पुर्याउन नसक्ने दावी गर्नुभयो । यही अवस्था रह्यो भने जो कोही आएपनि मल पु्याउन नसक्ने स्पष्ट पार्नुभयो । प्रमुख अतिथिका रुपमा उपस्थित उहाँले कृषिका लागि १४ जोन तरकारी मार्फत ६९ सुपर जोन तयार गर्न सकिने समेत स्पष्ट पानुभयोे । १०९ अरब आठ हजार मेट्रीक टन चाहिने उत्पादन गर्न चीनसँग प्रस्ताव राखी कुरा अगाडी बढाइसकेको बताउँदै पूर्व मध्यम र पश्चिममा १ करोड कम्पनीमा ३ वटा त्यस किसिमका उद्योगहरु संचालनको तयारीमा रहेको प्रस्ट पार्नुभयो । सम्मेलनमा कृषिका लागि खसीबोकालाई आयात गर्न रोक नलगाएकोे बताउँदै ३३ प्रतिशत अहिले आयात गरिएको र पछि केही प्रतिशत बढाउने जिकिर समेत गर्नुभयोे । जिल्लाको सन्दर्भमा २० वटा कार्यक्रमहरु अगाडी बढाएको समेत उहाँले स्पष्ट पार्नुभएको थियो ।
उहाँले ७९ अनुदान घटाएर ५० प्रतिशत लैजाने तर सहज उपलब्धताका लागि प्रयास भैरहेको बताउँदै वर्तमान समयमा भारतले समेत त्यहाँको आवश्यकता पूरा गर्न नसकेको कारण मलखाद कारखाना स्थापना गर्न समेत नसकिएको बताउनुभएको थियोे । कपिलवस्तु सिंगो प्रदेशको बीचभागमा पर्ने र त्यसमा पनि बाणगंगा राष्ट्रकै गनेचुनेका महत्वपुर्ण नगरभित्र पर्ने भएकाले संघिय सरकारले प्रदेश स्तरीय अनुसन्धान केन्द्र यहि बनाउन लागेको स्पष्ट पानृु भयो ।
क्षेत्र न. १को उत्तरमा एकिकृत नमुना पार्क बनाउने उद्घोष गर्र्दै मनोरम पार्क्भित्र प्रदेशकै ठूलो सभाहल र प्रदेशस्तरीय रंगशाला बनाउने गरी चालु आवमै बजेट ब्यवस्था भएको उहाले जानकारी दिनु भयो । जिल्लामा अहिले विकास निर्माणका कार्यहरु लाइन लागेर तिब्रताका साथ अघि बढिरहेको बताउदै सुत्रबद्ध तरिकाले योजना कार्यान्वयन गर्न लागेको समेत जानकारी दिनु भयो । बिजयनगरमा बागवानी अनुसन्धान केन्द्र , पचेहरामा ५ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र ,विशाल क्षमताको खाद्य गोदाम ,चन्द्रौटा,इमलिया र गजेहडामा आधुनिक कृषि बजार निर्माण जस्ता योजना अधि बढेको जिकिर गर्नुभयोे ।
मन्त्री खनालले भन्नु भयो कपिलवस्तुवासीले वजेट र योजनाको चिन्ता नगर्नुृस बरु परेको बजेट खचृ हुन्नकी भन्ने चिन्ता छ कसरी खर्च गरेर सत प्रतिशत लक्ष्य हासिल गर्नु हुन्छ तपाईहरुको जिम्मामा रहेको बताउनुभयो