गृहपृष्ठ Featured जातीय उत्पीडन हटाउन गैरदलितहरुको पनि साथ आवश्यक रहेको अभियान्ताहरुको भनाई

जातीय उत्पीडन हटाउन गैरदलितहरुको पनि साथ आवश्यक रहेको अभियान्ताहरुको भनाई

ओम प्रकाश पौडेल
कपिलवस्तु चैत्र २५
जातीय विभेद तथा छुवाछुतको व्यावहारिक अन्त्यका लागि महाकाली मेची पदयात्रा कार्यक्रमको सोमबार कपिलवस्तुको जितपुर चोकमा कोणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा दलित कल्याणकारी अभियानका अध्यक्ष टिकाराम सुनारको अध्यक्षता रहेको थियो । १३ वटा संघ संस्था, वडा कार्यालय, नगरपालिका सहितको ऐक्यबद्धता रहेको पदयात्रामा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकासका संस्थाले ऐक्यबद्धता तथा सहयोग गरेको थियो ।

महाकाली चाँदनी र दोधाराबाट सुरु भएको पदयात्रामा अभियानकर्मी होमराज आचार्य, असोक दर्नाल, रिता परियारको उल्लेख्य भूमिका रहेको छ । जीतपुरमा भएको कोणसभामा पदयात्राका अभियानकर्मी आचार्यले दलितलाई सरकारले जातीय छुवाछुतका बारेमा बोल्दै दलित मुक्तीका लागि गाउँ, टोल र राष्ट्रमा कुनै पनि पहल नगरिएको बताउनु भयो । दलितका हक अधिकारहरु कुनै पनि तहमा नसमेटिएको र छुवाछुतको आडमा बलात्कारका घटनाहरु दोहोरिएको स्पष्ट पार्नुभयो । संघ तथा स्थानीय तहबाटै जातिय विभेद निमोठ्नुपर्ने तर्फ सबैलाई आह्वान गर्नुभयो ।

जितपुर चोकमा सम्पन्न कोणसभामा पत्रकार, बद्धिजिवी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार