गृहपृष्ठ Featured जातीय उत्पीडन हटाउन गैरदलितहरुको पनि साथ आवश्यक रहेको अभियान्ताहरुको भनाई

जातीय उत्पीडन हटाउन गैरदलितहरुको पनि साथ आवश्यक रहेको अभियान्ताहरुको भनाई

प्रकाशित मिति:

ओम प्रकाश पौडेल
कपिलवस्तु चैत्र २५
जातीय विभेद तथा छुवाछुतको व्यावहारिक अन्त्यका लागि महाकाली मेची पदयात्रा कार्यक्रमको सोमबार कपिलवस्तुको जितपुर चोकमा कोणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा दलित कल्याणकारी अभियानका अध्यक्ष टिकाराम सुनारको अध्यक्षता रहेको थियो । १३ वटा संघ संस्था, वडा कार्यालय, नगरपालिका सहितको ऐक्यबद्धता रहेको पदयात्रामा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकासका संस्थाले ऐक्यबद्धता तथा सहयोग गरेको थियो ।

महाकाली चाँदनी र दोधाराबाट सुरु भएको पदयात्रामा अभियानकर्मी होमराज आचार्य, असोक दर्नाल, रिता परियारको उल्लेख्य भूमिका रहेको छ । जीतपुरमा भएको कोणसभामा पदयात्राका अभियानकर्मी आचार्यले दलितलाई सरकारले जातीय छुवाछुतका बारेमा बोल्दै दलित मुक्तीका लागि गाउँ, टोल र राष्ट्रमा कुनै पनि पहल नगरिएको बताउनु भयो । दलितका हक अधिकारहरु कुनै पनि तहमा नसमेटिएको र छुवाछुतको आडमा बलात्कारका घटनाहरु दोहोरिएको स्पष्ट पार्नुभयो । संघ तथा स्थानीय तहबाटै जातिय विभेद निमोठ्नुपर्ने तर्फ सबैलाई आह्वान गर्नुभयो ।

जितपुर चोकमा सम्पन्न कोणसभामा पत्रकार, बद्धिजिवी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार