गृहपृष्ठ Featured ओलम्पिक टर्च कपिलवस्तुको जितपुरमा (फोटो फिचर)

ओलम्पिक टर्च कपिलवस्तुको जितपुरमा (फोटो फिचर)

प्रकाशित मिति:

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिक ओलम्पिक टर्च (मशाल) कपिलवस्तुको चार नः जितपुर बजार परिक्रमा गराइएको छ । एसियन ट्रयाक एण्ड फिल्ड १९७३मा म्यारथन रेसमा कास्य पदक ल्याउन सफल तथा ओलम्पिक २०७२मा जर्मनमा पनि सहभागि भएका भई नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल खेलाडि जितबहादुर केशी , १९८८मा दक्षिण कोरियामा ओलम्पिक सहभागि खेलाडि डम्बर कुँवर, १९८८मा दक्षिण कोरियामा ओलम्पिक सहभागि महिला खेलाडि मेनुका राउत, १९७६मा अमेरिकामा ओलम्पिकमा सहभागि महिला खेलाडि बिमला राना मगर, पुर्व चिफ कोच मोहन घले सहित खेलाडी टोलीले टर्चलाई जितपुर बजार परिक्रमा गराएका हुन । परिक्रमा पछि भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले टोलीलाई स्वागत गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्र्तगत कुस्ती भइसकेको र महिला फुटवल प्रतियोगिता ४ गतेबाट हुने हुदा सम्पुर्ण नगर बासीका लागी खुशीको कुरा रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले शान्तीका अग्रदुत भगवान गौतम बुद्धले २९ बर्ष बिताएको यो पावन भुमीलाई खेलकुद हबको रुपमा बिकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । साथै यो एतिहासिक प्रतियोगितालाई सफल पार्न सबै सघंसस्था निकायलाई सहयोग गर्न समेत अध्यक्ष रेश्मी आग्रह गरेका छन । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष दिनेश रोकाहा बद्धि क्षेत्री, कोषाध्यक्ष पदम सेन सहित जिल्ला भित्रका एक दर्जन बढि पत्रकारको सहभागिता रहेको थियो । ओलम्पिक टर्च (मशाल प्रदेश नः १ बाट सुरु भई बिभिन्न सहर हुदै सुर्खेत, कैलाली, धनगढी पछि बैशाख ५ गते नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्यघाटन समारोहमा पुग्ने बताइएको छ ।

सम्बन्धित् समाचार